Skip to main content

Posts

Featured

FIDE World Cadet Chess Championship-2025: किन राम्रो नतिजा निकाल्न सकिरहेका छैनन् नेपाली खेलाडीहरू ?

काजाकस्थानको अल्माटीमा जारी FIDE World Cadet Chess Championship-2025 मा चार चरणको खेलहरू सकिएको छ । तर नेपाली खेलाडीहरूले सुखद नतिजा निकाल्न सकेको छैन । तेस्रो चरणमा अग्रिम सैंजूले जीत दर्ता गर्दै खेलमा फर्किने छनक देखाएका थिए तर 4th राउण्डको खेलमा दुवै नेपाली खेलाडी पराजीत भएका छन् ।   नेपाल बुद्धिचाल महासंघले क्वालिफायर खेल U8, U10 Open, U-10 Girl, U-12Girl Open, U-12 Girl समूहमा विभाजन गरेर सञ्चालन गरे पनि महासंघका महासचिव धरमबहादुर लामा नियम मिचेर U-12 Open का च्याम्पियन अग्रिम सैँजू र हार्दिक पन्तलार्इ लिएर काजाकस्थान प्रस्थान गरेका हुन् । हार्दिक उक्त समूहमा तेस्रो मात्र भएका खेलाडी हुन् । U-8 को दुवै समूह, U-10 को दुवै समूह र U-12 को Girls समूहमा नेपालको सहभागिता रहेको छैन ।  चार चरणको खेल सकिएको छ, U-12 राष्ट्रिय च्याम्पियन सैंजू १/४ अंकसहित १३९ अाैं स्थानमा रहेका छन् भने सबै खेल गुमाएका हार्दिक पन्त १७० अाैं स्थानमा रहेका छन् ।  5th राउण्डमा अग्रिम नुराली नुर्हानसित खेल्नेछन् भने हार्दिक नियोमुकिजा लोइक माइकसित खेल्नेछन् । 

Latest Posts

FIDE World Cadet Chess Championship-2025: अग्रिम सैंजू विजयी

FIDE World Cadet Chess Championship-2025ः नेपाली खेलाडीहरूको दोस्रो दिन पनि अंकविहीन यात्रा

NCF विवादः गलत परम्पराविरुद्ध चेसप्रेमीलाई संगठित हुन थापाथलीको आह्वान

सहमति बिना अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, अखिल नेपाल बुद्धिचाल संघको आपत्ति

NCF विवाद: आर्थिक अनियमितता, पारदर्शिताको अभाव र खेलाडी छनोटमा पक्षपातको आरोप

"Spirit of Dharma" बुद्धिचाल प्रतियोगिता: टिम छनोटमा पक्षपातको आरोप, राष्ट्रिय च्याम्पियनहरूको बेवास्ता

गौरादहमा Elo 1900 मुनिको ओपन र्‍यापिड चेस प्रतियोगिता

च्याम्पिन्यस लिग सुरूः पहिलो दिनको नजिता हेर्नुहोस्

च्याम्पियन्स लिग आजदेखि सुरु—पहिलो दिनमै रोमाञ्चक भिडन्तहरू

वैशाली रामेशबाबु फिडे ग्राण्ड स्विस २०२५ महिला च्याम्पियन