FIDE World Cadet Chess Championship-2025: अग्रिम सैंजू विजयी


काजाकस्थानको अल्माटीमा जारी FIDE World Cadet Chess Championship-2025 अन्तर्गत तेस्रो चरणमा नेपाली खेलाडी अग्रिम सैंजूले जीत दर्ता गरेका छन् भने हार्दिक पन्त फेरि पराजीत भएका छन् । 

अग्रिमले मेक्सिकोका Pshisva Abadi, Daniel लार्इ पराजीत गरेका हुन् भने हार्दिक चाइनिज ताइपेइका Chao, Andrew Tzu Chun सित पराजीत भए । 

पहिलो चरणमा सैंजु काजाकस्थानका यर्जानुली यर्नुर (Elo 2018) सँग हार्न पुगेका थिए भने पन्त स्लोभेनियाका डेभिड क्रस्टिक (Elo 1974) सँग पराजित भएका थिए। दोस्रो चरणमा अग्रिम सैंजु अमेरिकाका CM विवान प्रकाश मुलाय (Elo 2072) सँग पराजित भए भने हार्दिक पन्त दक्षिण अफ्रिकाका डिर्क कोर्नेइलिस उइस (Elo 1902) विरुद्ध हार्न पुगेका थिए ।

Comments