नेगम्बो ब्लिट्ज चेसमा सुदीप तामाङको सशक्त प्रदर्शन




नेगम्बो, श्रीलंका — सेप्टेम्बर ६, २०२५ 

श्रीलंकामा सम्पन्न 9th Negombo International Rating Chess Festival 2025 को ब्लिट्ज इभेन्टमा नेपाली खेलाडी सुदीप तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ७ अंक हासिल गरे। १९१७ अन्तर्राष्ट्रिय रेटिङ भएका तामाङले ९ खेलमध्ये ७ जित्दै कुल १२औं स्थानमा रहे।

तामाङले प्रतियोगिताको सुरुवातमा लगातार तीन खेल जिते—Weththasinghe, Jayasekera, र Alwis विरुद्ध जीत दर्ता गरेका तामाङ चौथो र पाँचौं चरणमा भने उनले Prawin र Gomes सँग हार बेहोर्नु पर्‍यो। तर त्यसपछि उनले पुनः लय समात्दै अन्तिम चार खेलमा सबै जित दर्ता गरे, जसमा Ashwin Ravichandran र Wickramage Rivinu जस्ता बलिया खेलाडीहरू पनि थिए।

नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा सहभागी भएर प्रतिस्पर्धात्मकता देखाउनु गौरवको विषय हो। 

Comments