नेपाल ४० औं चेस ओलम्पियाड १ सय १७ औं स्थानमा नेपाल ४० औं चेस ओलम्पियाड १ सय १७ औं स्थानमा
काठमाडौं, भदौ २३ (नागरिक)- नेपाली टोलीले ४० औं चेस ओलम्पियाडको नवौ दिन
शुक्रबार ७ म्याच प्वाईन्ट हासिल गर्दै १ सय १७ औं वरियतामा उक्लेको छ। १
सय २५ औं वरियताबाट प्रतियोगिता सुरु गरेको नेपालले शुक्रबार ३.५-०.५ को
नतिजामा विजय हासिल गरेको थियो।
फिडे मास्टर मनिस हमालले तेस्रो खेल जित्ने क्रममा सिएम चिपान्गा चिलेट्सोलाई ५३ औं चालमा माथ दिए। यसैगरी प्रचण्डमान मालाकारले न्याम्बालो जोसेफ जेभियरलाई ७३ औं चालमा माथ दिए। नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका अर्का युवा खेलाडी रुपेश जैसवालले खुफवाथिया पाउललाई २६ औ चालमै हराए। यो जितसंगै व्यक्तीगत ४.५ अंक जोडन सफल उनले सिएम उपाधि हासिल गरे। ३९ औं ओलम्पियाडमार्फत केशव श्रेष्ठ र उत्तमराज थापामगरले सिएम उपाधि हासिल गरेका थिए। जैसवाल सिएम उपाधि पाउने तेस्रो खेलाडी हुन।
यसैगरी पुर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठले शुक्रबार मवाले जोसोहसंग १ सय १२ औं चालमा बराबरी गरे। शुक्रबार जित हासिल गरेको भए फिडे मास्टरको उपाधि हासिल गर्ने सम्भावना रहेका केशवका लागि त्यो खराव दिन रहयो। शनिबार नेपालले लिथुवानियासंग खेल्नेछ।

Comments
Post a Comment