NCF विवादः गलत परम्पराविरुद्ध चेसप्रेमीलाई संगठित हुन थापाथलीको आह्वान


थापाथली पार्क चेस क्लबले नेपाल बुद्धिचाल महासंघ (NCF) मा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै खेलाडी छनाैट प्रक्रियामा अपारदर्शिता, विधि–विधान विपरीत गतिविधि सञ्चालन गरेकोमा गम्भीररूपमा ध्यनाकर्षण भएको जनाएको छ ।

क्लबले विशेषगरी हालै सम्पन्न खेलाडी छनाैट प्रक्रियामा वर्तमान नेपाल च्याम्पियन रूपेश जैसवाललाई बेवास्ता गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । अध्यक्ष सानुराज बज्राचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा सहभागी खेलाडीहरू प्रति कुनै गुनासो नरहे पनि अपारदर्शी प्रणाली र नेतृत्व तहका केही व्यक्तिको स्वार्थअनुकूल व्याख्या गर्ने प्रवृत्तिले राम्रो खेलाडीहरूलाई निरन्तर छायाँमा पारिएको उल्लेख छ ।

थापाथली पार्क चेस क्लबले नेपाल च्याम्पियन रूपेश जैसवालले उठाएको मुद्दाप्रति ऐक्यबद्धता जनाउँदै सम्पूर्ण चेसप्रेमीहरूलाई महासंघको गलत परम्पराविरुद्ध संगठित हुन आह्वान गरेको छ । क्लबले बुद्धिचाल खेललाई स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको स्पष्ट पारेको छ ।

Comments