वैशाली रामेशबाबु फिडे ग्राण्ड स्विस २०२५ महिला च्याम्पियन
भारतीय ग्रान्डमास्टर वैशाली रामेशबाबुले समरकन्दमा सम्पन्न फिडे ग्राण्ड स्विस २०२५ महिला चेस प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। ११ खेलको स्विस प्रणालीमा वैशालीले ८ अंक जोड्दै स्पष्ट अग्रता लिन सफल भइन्। उनको प्रदर्शनमा ६ जित, ४ बराबरी र १ हार समावेश रह्यो।
प्रतियोगितामा दोस्रो स्थानमा कतरीना लग्नो रहिन्। उनले पनि ८ अंक नै ल्याइन् तर टाई–ब्रेकमा पछि परेपछि उपविजेता घोषित भइन्। काजाकिस्तानकी बिबिसारा असाउबायेभा ७.५ अंकसहित तेस्रो स्थानमा पुगिन्।
शीर्ष खेलाडीहरू
वैशाली रामेशबाबु (भारत) – ८ अंक
कतरीना लग्नो (FID) – ८ अंक
बिबिसारा असाउबायेभा (काजाकिस्तान) – ७.५ अंक
तान झोङयी (चीन) – ७.५ अंक
सङ युसिन (चीन) – ७.५ अंक
यस विजयसँगै वैशालीले आफ्नो करियरमा ठूलो उपलब्धि हात पारिन्। उनले यसैसँगै आगामी २०२६ महिला क्यान्डिडेट्स टुर्नामेन्ट मा प्रत्यक्ष प्रवेश सुनिश्चित गरेकी छिन्।
Comments
Post a Comment