FIDE World Cadet Chess Championship-2025: किन राम्रो नतिजा निकाल्न सकिरहेका छैनन् नेपाली खेलाडीहरू ?
काजाकस्थानको अल्माटीमा जारी FIDE World Cadet Chess Championship-2025 मा चार चरणको खेलहरू सकिएको छ । तर नेपाली खेलाडीहरूले सुखद नतिजा निकाल्न सकेको छैन । तेस्रो चरणमा अग्रिम सैंजूले जीत दर्ता गर्दै खेलमा फर्किने छनक देखाएका थिए तर 4th राउण्डको खेलमा दुवै नेपाली खेलाडी पराजीत भएका छन् ।
नेपाल बुद्धिचाल महासंघले क्वालिफायर खेल U8, U10 Open, U-10 Girl, U-12Girl Open, U-12 Girl समूहमा विभाजन गरेर सञ्चालन गरे पनि महासंघका महासचिव धरमबहादुर लामा नियम मिचेर U-12 Open का च्याम्पियन अग्रिम सैँजू र हार्दिक पन्तलार्इ लिएर काजाकस्थान प्रस्थान गरेका हुन् । हार्दिक उक्त समूहमा तेस्रो मात्र भएका खेलाडी हुन् । U-8 को दुवै समूह, U-10 को दुवै समूह र U-12 को Girls समूहमा नेपालको सहभागिता रहेको छैन ।
चार चरणको खेल सकिएको छ, U-12 राष्ट्रिय च्याम्पियन सैंजू १/४ अंकसहित १३९ अाैं स्थानमा रहेका छन् भने सबै खेल गुमाएका हार्दिक पन्त १७० अाैं स्थानमा रहेका छन् ।
5th राउण्डमा अग्रिम नुराली नुर्हानसित खेल्नेछन् भने हार्दिक नियोमुकिजा लोइक माइकसित खेल्नेछन् ।
Comments
Post a Comment