NCF विवाद: आर्थिक अनियमितता, पारदर्शिताको अभाव र खेलाडी छनोटमा पक्षपातको आरोप
नेपाल बुद्धिचाल महासंघ (NCF) पछिल्ला दिनहरूमा गम्भीर विवादमा परेको छ । महासंघले जिल्ला संघहरूलाई नियतवश निस्क्रिय पारेको, खेलाडी कल्याण कोषमा प्रत्येक प्रतियोगिताबाट उठ्ने ५ प्रतिशत रकमको आय–व्यय विवरण सार्वजनिक नगरेको, फिडे (FIDE) बाट प्राप्त हुने चेस विकासका रकम लुकाएको, विधि–विधान मिचेको तथा खेलाडीमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप सामाजिक सञ्जालमा चर्किन थालेको छ ।
जब नेपाल च्याम्पियन रूपेश जैसवालले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी छनोटबारे प्रश्न उठाउँदै सामाजिक सञ्जालमा चेतावनीपूर्ण स्टाटस लेखे त्यसपछि बहस अझ तीव्र बन्न पुगेको छ। उनले योग्य र सफल खेलाडीलाई पाखा लगाएर निकट व्यक्तिहरूलाई मात्र अवसर दिने प्रवृत्तिले नेपाली चेसको भविष्य संकटमा परेको बताएका छन् ।
उक्त स्टाटसमा महासंघविरुद्ध खेलाडी, प्रशिक्षक, पूर्व पदाधिकारीदेखि सर्वसाधारण चेसप्रेमीहरूले समेत आफ्नो धारणा राखेका छन् ।
यासिर खम्बूः "NCF लाई त्यसका जिम्मेवारले जसरी चलाएको छ, त्यसप्रति सधैं निराश भएको छु! यो पनि अन्त्य हुनेछ।"
प्रवेश शर्मा : “न्यूजमा आउनुपर्छ रियल स्टोरी।”
राजु मर्हजन : “This is very bad..”
जीएम श्रेष्ठ : “Rule N regulation ????”
रूद्राक्ष पोदार : “Well said दाइ, यसबारे उचित स्पष्टीकरण आवश्यक छ! साथै छनोट प्रक्रियाका लागि उचित मापदण्ड स्पष्ट पारिनुपर्छ।"
अनिल मोक्तान:: "हामी पारदर्शिता र जवाफदेहिता माग गर्दछौँ!"
इन्द्र कार्की : "भर्खरै जनरेशन-Z आन्दोलन किन भयो थाहा छ त ? नतिजा त्यति खुशीजनक भएन ! चेसमा अझै राम्रो छैन, तर यो त गलत साइड क्यास्लिङ जस्तो देखिन्छ!"
सचिनी रनसिंहे : Selection committee बनाएर पारदर्शी प्रक्रिया अपनाउनुपर्छ। हाम्रो देशमा आयोगहरू हुन्छन्– arbiters, women’s, coaches, media आदि। उनीहरूले जिम्मेवारी लिन्छन्। नेपालमा पनि यस्तै पारदर्शिता जरुरी छ।”
रञ्जित राई : "स्पष्ट देखिएको छ कि उनीहरू महासंघमा केवल चेसको माया वा चासोका कारण नभई, तथाकथित प्रतिष्ठा र अन्य फाइदा पाउने उद्देश्यले मात्र छन्। साँच्चै लाजमर्दो छ!!"
मनिन्द्र रञ्जितकार : "यो तपाईंको लागि धेरै दुःखद खबर हो, तर हार नमान्नुहोस्। तपाईंको समय छिट्टै आउनेछ। मेरा हार्दिक शुभकामना सधैं तपाईं संगै छन्।"
लेनिन आचार्य : "त्यही कारण धेरै मानिसहरू देश छोड्दैछन्।"
रमेश पुडासैनी : “यो संघमा सिन्डिकेट छ! तुरुन्त विघटन हुनुपर्छ, संघ चोर भयो, खेलाडीभन्दा माथि स्वार्थीहरू छन्। त्यसैले Gen-X ले सरकारलाई जानकारी गराएर नयाँ, एकाधिकार–रहित संघ बनाउनुपर्छ।”
अर्पण चापागाइः "भ्रष्टाचार आफ्नो उच्च शिखरमा, अन्यायपूर्ण, के यसलाई समाधान गर्न सुदन गुरुङ जस्ता मानिसहरू चाहिन्छन्? अन्यायपूर्ण, पूर्णरूपमा भ्रष्ट र मूर्ख मानसिकता।"
युवराज पौडेल : “Parliament मात्र होइन, NCA पनि dissolve गर्नुपर्छ। यो टोलीसँग नेपाली चेसको भविष्य छैन। धेरै सम्भावना भएका खेलाडीहरू यसै कारण क्षमताहीन भए। म पनि त्यही पीडितमध्ये एक हुँ।”
दिपेन्द्र दर्पण काफ्ले : "नेपाल चेस महासंघमा धेरै राजनीति भएको छ, त्यसैले अब पदाधिकारीहरूलाई भोटिङ प्रणाली मार्फत छानिनु पर्छ।"
सुरेन्द्र राई : “पारदर्शिता हुनु पर्थ्यो। शुभकामना।”
यसरी, नेपाल बुद्धिचाल महासंघमाथि खेलाडी र सरोकारवालाहरूले लगाएका आरोप गम्भीर बनेका छन् । पारदर्शिता र जवाफदेहिताको माग तीव्र बनेको अवस्थामा महासंघले अझै आधिकारिक स्पष्टीकरण दिएको छैन । चेस समुदायले अब तत्काल सुधारात्मक कदम चाल्नुपर्ने वा महासंघलाई पूर्ण रूपमा पुनर्गठन गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
Comments
Post a Comment