गौरादहमा Elo 1900 मुनिको ओपन र्‍यापिड चेस प्रतियोगिता


गतिशील युवा क्लब, गौरादह–९, बैगुन्धुराले आगामी असोज ११ गते शनिबार Elo 1900 मुनिका खेलाडीहरूलाई लक्षित गर्दै ओपन र्‍यापिड चेस प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता बिहान १० बजेबाट सुरु हुनेछ। स्वीस लिग प्रणालीमा ७ राउन्डको खेल हुने यो प्रतियोगिता १० मिनेट र प्रत्येक चालमा २ सेकेन्ड इन्क्रिमेन्ट समय नियन्त्रणमा खेलाइनेछ। जितमा ३ अंक, बराबरीमा १ अंक र हारमा शून्य अंक तोकिएको छ।

पुरस्कार राशी मुख्यत: शीर्ष १० स्थान हासिल गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथमले रु. ८,०००, द्वितीयले रु. ५,०००, तृतीयले रु. ३,५००, चतुर्थले रु. २,५००, पञ्चमले रु. २,००० र छैटौंदेखि दशौं स्थानसम्मले जनही रु. १,००० प्राप्त गर्नेछन्।

यसका अतिरिक्त विभिन्न रेटिङ्ग समूह (Unrated, Elo 1400–1550, Elo 1551–1700), U-16, S55 र महिला वर्ग तथा झापा, गौरादह र गौरादह विद्यालयबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

प्रवेश शुल्क रु. ५०० कायम गरिएको छ र आवेदन दिने अन्तिम मिति असोज ९ तोकिएको छ।

प्रतियोगिताको निर्देशक राजकुमार बान्तवा र प्रमुख निर्णायक डम्बर राई रहनेछन्।

आयोजक क्लबले प्रतियोगिताबाट गौरादहमा चेसप्रतिको आकर्षण थप वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

Comments