FIDE World Cadet Chess Championship-2025ः नेपाली खेलाडीहरूको दोस्रो दिन पनि अंकविहीन यात्रा


काजाकस्थानको अल्माटीमा जारी FIDE World Cadet Chess Championship-2025 अन्तर्गत दोस्रो दिन समेत नेपाली खेलाडीहरूले निराशाजनक नतिजा भोगेका छन्।

दोस्रो चरणमा अग्रिम सैंजु अमेरिकाका CM विवान प्रकाश मुलाय (Elo 2072) सँग पराजित भए भने हार्दिक पन्त दक्षिण अफ्रिकाका डिर्क कोर्नेइलिस उइस (Elo 1902) विरुद्ध हार्न पुगे। यससँगै नेपालले प्रतियोगितामा अंक जोड्ने आशा तेस्रो चरणतर्फ सरेको छ।

यसअघि पहिलो दिनको खेलमा पनि दुवै खेलाडी विजयी हुन नसकेका थिएनन्। पहिलो चरणमा सैंजु काजाकस्थानका यर्जानुली यर्नुर (Elo 2018) सँग हार्न पुगेका थिए भने पन्त स्लोभेनियाका डेभिड क्रस्टिक (Elo 1974) सँग पराजित भएका थिए।

सुरुवात निराशाजनक भए पनि प्रतियोगितामा अझै नौ चरण बाँकी रहेकाले खेलाडीहरूले पुनरागमन गर्ने अपेक्षा राखिएको छ।

Comments