FIDE Grand Swiss: निहाल र माथियास शीर्ष स्थानमा


फिडे ग्राण्ड स्वीस २०२५ आफ्नो सातौं चरणसम्म आइपुग्दा प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। ११ चरणको यो प्रतियोगितामा ओपन र महिला दुवै समूहबाट शीर्ष दुई खेलाडीले आगामी २०२६ को Candidates Tournament तथा Women’s Candidates Tournament मा स्थान सुरक्षित गर्नेछन्।

सातौं चरणपछि FIDE Grand Swiss तर्फ भारतका ग्राण्डमास्टर निहाल सरिन र जर्मनीका माथियास ब्लूबाम ५.५ अंकसहित संयुक्त अग्रता लिन सफल भएका छन्। सरिनले ईरानी स्टार पार्हाम मघ्सोदलुलाई पराजित गरे भने ब्लूबामले भारतकै अर्जुन एरिगैसीलाई स्तब्ध पारेका थिए। यसैबीच विश्व च्याम्पियन गुकेश डोमरराजु लगातार तीन खेलमा हार भोग्दै दबाबमा परेका छन्।

महिलातर्फ वैशाली अगाडि


महिला वर्गमा भारतकी वैशाली रामेशबाबु ६ अंकसहित एक्लै अग्रपंक्तिमा छिन्। सातौं चरणमा उनले चिनकी गुओ क्वीलाई हराउँदै उत्कृष्ट लय कायम राखिन्। उनका निकट प्रतिस्पर्धी कतेरीना लाग्नो, दिनारा वाग्नर र उल्भिय्या फातालियेभा भने पछाडि छन्।

Comments