FIDE Grand Swiss 2025 – तेस्रो चरणमा को को भिड्दैछन् ?
प्रतिष्ठित FIDE Grand Swiss 2025 बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण (Round 3) आज नेपाली समय अनुसार बेलुकी ३:१५ बजे सुरु हुँदैछ। पहिलो दुई चरणपछि तीन जना खेलाडी सतप्रतिसत जीत सहित शीर्ष स्थानमा रहेका छन् ।
Open Section – Board 1
शीर्ष बोर्डमा फ्रान्सका ग्रान्डमास्टर अलीरेजा फिरौज्जा (२ अंक) र उनका सहदेशी परहम मग्सोद्लू (२ अंक) आमनेसामने हुँदैछन्। दुवैले पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण यो भिडन्त अत्यन्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
Open Section – Board 2
GM Arjun Erigaisi (1½ points) vs GM Anton Demchenko (2 points)
यो जोडी दुई शीर्ष प्रदर्शन गरिरहेका खेलाडीहरू बीचको प्रत्यक्ष भिडन्त हो, जहाँ Demchenkoले आफ्नो सबै खेल जितेर शीर्ष स्थानमा रहेकोले, यो खेललाई अझै आकर्षक प्रतिद्वन्द्विता बनाएको छ।
Women’s Section – Board 1
महिलातर्फ, भारतकी वैशाली रामेशबाबु (२ अंक) र बेलारुसकी ओल्गा बाडेल्का (२ अंक) बीच शिर्ष बोर्डमा प्रत्यक्ष भिडन्त हुनेछ। दुवै खेलाडीले लगातार दुई जितपछि अपराजित यात्रा कायम राखेका छन्। यस खेलले महिला वर्गको नेतृत्व कसले गर्ने भन्ने निर्धारण गर्नेछ।
अन्य प्रमुख भिडन्तहरू
अर्जुन एरिगैसी vs एन्टोन डेमचेंको
बोरिस गेल्फन्ड vs आर. प्रज्ञानानन्द
दानील युफा vs डि. गुकेश
नोडिर्बेक अब्दुसत्तोरोभ vs अभिमन्यु पुराणिक
महिलातर्फ:
सङ युशिन vs वन्टिका अग्रवाल
चि गुओ vs हरिका द्रोणावल्ली
Comments
Post a Comment