FIDE Grand Swiss 2025 सुरु, पहिलो राउण्डको खेलहरू अन्तिम चरणमा
समरकन्द, उज्बेकिस्तानमा आजदेखि सुरु भएको प्रतिष्ठित FIDE Grand Swiss 2025 प्रतियोगिताले विश्वभरका चेसप्रेमीहरूको ध्यान आकर्षित गरेको छ।
यसपटक विश्व च्याम्पियन डी. गुकेश र महिला विश्व कप विजेता दिव्या देशमुख मुख्य आकर्षण रहनेछन्। विशेषत: दिव्या देशमुख ओपन सेक्सनमा सहभागी हुने एकमात्र महिला खेलाडी हुने भएकी छन्, जसले उनीलाई उच्चस्तरीय प्रतिस्पर्धामा थप चुनौतीपूर्ण बनाएको छ।
उद्घाटन पत्रकार सम्मेलनमा गुकेशसँगै FIDE अध्यक्ष अर्काडी द्वोर्कोभिच र उज्बेकिस्तानका युवा तथा खेल मन्त्री उपस्थित थिए। उनीहरूले यो प्रतियोगिताले केवल विश्व चेसको स्तरलाई मात्र होइन, समरकन्दलाई पनि अन्तर्राष्ट्रिय खेल नक्सामा स्थापित गर्न ठूलो योगदान पुर्याउने बताए।
यस ग्राण्ड स्विसलाई आगामी क्यान्डिडेट्स टुर्नामेन्टको प्रमुख छनोटको रूपमा रहेको छ ।
पहिलो चरणको खेल ३:४५ बजे सुरू भएको छ ।
Comments
Post a Comment