स्लोभाकियाको अप्रत्याशित चमत्कारः जर्मनी स्तब्ध


युरोपेली विश्वकप छनोटको सुरुआती चरणमै बलियो दावेदार जर्मनी अप्रत्याशित रूपमा पराजित भएको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार भएको खेलमा स्लोभाकियाले जर्मनीलाई २–० ले हराउँदै चर्चित टोलीलाई नै संकटमा धकेलेको हो।

विश्वकप छनोटको इतिहासमा यो जर्मनीको दुर्लभ चौथो पराजय हो। खेलमा स्लोभाकियाले आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै पहिलो हाफमा डेविड हान्कोमार्फत अग्रता लियो। दोस्रो हाफमा डेविड स्टलेचले अर्को गोल थपेपछि जर्मनीलाई फर्किने मौका नदिई जित पक्का गरियो।

यसै समूहमा उत्तरी आयरल्यान्डले लक्जेम्बर्गलाई ३–१ ले पराजित गर्दै सुखद सुरुवात गर्‍यो।

अन्य समूहमा पनि रोचक नतिजा आए। समूह ‘ई’ मा स्पेनले बुल्गेरियामाथि ३–० को सहज जित निकाल्दा टर्कीले रोमाञ्चक भिडन्तमा जर्जियालाई ३–२ ले पन्छायो।

समूह ‘जी’ का खेलहरू बराबरीमा टुंगिए। नेदरल्यान्ड्स र पोल्यान्डबीचको प्रतिस्पर्धा १–१ मा रोकियो भने लिथुवानिया र माल्टाबीचको खेल पनि १–१ कै बराबरीमा सकियो।

समूह ‘जे’ का खेलहरूमा बेल्जियमले लिस्टेन्टाइनलाई ६–० ले पराजीत गरको छ भने समूह ए अन्तर्गत उत्तर अायरल्याण्डले लक्जेम्बर्गलाई ३–१ ले पराजीत गरेको छ । 


Comments