एसियाडमा नेपालकी विमलाले जितिन् कास्य पदक

१७औं एसियाली खेलकुदको १३औं दिन नेपालले पदकको खाता खोलेको छ । कराँते खेलाडी विमला तामाङले कास्य पदक पक्का गरेपछि नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।

महिला काँतातर्फ सेमिफाइनलमा पराजित भएपछि विमलाले कास्य पदकको लागि उत्तर कोरियाकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन् । जिउ काङविरुद्धको उक्त खेल ५–० ले जित्दै विमलाले कास्यपदक सुरक्षित गरेकी हुन् ।

Comments

Popular Posts