मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

लिग २०७० काे उपविजेता क्लब मच्छिन्द्रलगायत एन्फाविरूद्घ अाफूहरूले पुरस्कारवापत पाउनु पर्ने रकम जस्ता जायज माग राखी एन्फाविरूद्ध अान्दाेलन गरिरहेका चार क्लबलार्इ एन्फाले २०७१ भरि कुनै पनि प्रतियाेगिता खेल्न नपाउने गरी कारवाही गरेपछि अधिकांस  मच्छिन्द्रका खेलाडी लिएर मैदान उत्रिएकाे माेफसलकाे क्लब झापा–११ ले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल राउन्ड खेल्ने तयारीमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्रका पूर्व फरवार्ड विशाल राईले २ गोल गरेपछि मनाङ दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा २–१ ले स्तब्ध भएको थियो ।

ए डिभिजन क्लबमा लामो अनुभव बटुलिसकेका खेलाडीको बाहुल्यता रहेको झापाले पहिलो हाफमा अग्रता लिएर खेलमा पकड बनाएको थियो । १३ औं मिनेटमा शिव श्रेष्ठ, सागर थापा र विक्रम लिम्बुलाई छलाउँदै विशालले पहिलो गोल गरे । दोस्रो हाफमा लगातार दबाब बढाएको मनाङ ५३ औं मिनेटमा बराबरी गर्न सफल भयो । पेनाल्टी बक्सको ठिक बाहिर पाएको बललाई फरवार्ड दीपक राईले पोस्टको दिशा दिदै मनाङ खेलमा फर्काएका थिए । तर, त्यो बराबरी लामो समय टिकेन । ६८ औंमा दोस्रो गोल गरेका विशालले टोलीका अन्य खेलाडी र दर्शकसँग लामो खुसीयाली साटे ।
झापाका प्रशिक्षक भगिरथ आलले पाँच दिनको तयारीमा एन्फा कप खेल्न आएको उल्लेख गर्दै भने,'हाम्रो खेलाडी यो मैदान र प्रतिद्वन्द्वीसँग परिचित छन् । अनुभवी खेलाडी भएकाले मनाङसँग कठिन होला भन्ने लागेको थिएन ।'
आले मनाङको कमजोर रक्षापक्तिको फाइदा उठाउन टोली सफल भएको बताए । उनको भनाईमा मनाङका प्रशिक्षक नवीन न्यौपानेले सहमति जनाए । 'हाम्रो रक्षापक्ति सन्तुलित हुन सकेन । रक्षापक्तिले तीनवटा गल्ति ग(यो त्यसमध्ये दुई गोल भयो,' उनले भने,' खेलमा कमब्याक गरेपछि पनि रक्षापक्तिले अर्को गल्ति ग(यो ।'

Comments