इङ्लिस क्लबमा खेल्न पाउने सम्भावना छ : पारस
आफ्नो इङ्ल्यान्ड भ्रमणबाट नेपाली खेलाडीले भविष्यमा इङ्लिस क्रिकेट क्लबमा खेल्न सम्भावना देखिएको राष्ट्रिय क्रिकेट टोलीकाकप्तान पारस खड्काले बताएका छन्। एक साताको व्यक्तिगत भ्रमणमा पारसले लन्डनमा स्थानीय क्रिकेट पदाधिकारीसँग सम्बन्ध विस्तार गरेका थिए।
उनले इङ्ल्यान्डका ब्याटिङ महारथी एवं इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) का निर्देशक माइक ग्याटिङ, इसिबी र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) का अधिकारीहरूसँग नेपाली क्रिकेटबारे छलफल गरेका थिए।‘त्यहाँका पदाधिकारीसँगको भेटघाट राम्रो भयो। इङ्लिस क्रिकेट क्लबमा नेपाली खेलाडीका लागि राम्रो अवसर छ। अर्को अवसर भनेको एमसिसीले नेपाली क्रिकेटमा पुर्याउन सक्ने सहयोग हो,' पारसले नागरिकसँग भने।
इङ्ल्यान्डमा रहेका युवा व्यवसायी एवं क्रिकेट प्रशंसक प्रशान्त कुँवरले पारसको लन्डन भ्रमणको व्यवस्था मिलाएका थिए। गत वर्ष उनकै पहलमा नेपालका युवा ब्याट्सम्यान नरेश बुढाऐर र राजेश पुलामीले एमसिसीमा प्रशिक्षणको अवसर पाएका थिए।
कुँवरका अनुसार पारसले शनिबार लिसेस्टरसायर काउन्टी क्रिकेट क्लबको भ्रमण पनि गरे। क्लबले पारसको भिआइपी सत्कार गरेको कुँवरले बताए। पारसले क्लब प्रमुख पाउल हेउडलाई नेपाली जर्सी प्रदान गरेका थिए। ‘लिसेस्टरसायर क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न हामीले संयुक्त पहलहरू गरिरहेका छौं, पारस खड्काको भ्रमणले यही विशेष साझेदारीको झलक दिएको छ,' हेउडले भने।
लिसेस्टर एसियन बिसनेस एसोसिएसन (लाबा) का अध्यक्ष जसपाल सिंह मिन्हाज र उपाध्यक्ष रानी महलले शनिबार पारसलाई आतिथ्यता दिएका थिए। मिन्हाले पारसलाई लाबाको मानार्थ सदस्यता प्रदान गरेका छन्।
पारसले बेलायतको नेपालसम्बन्धी संसदीय सम्बन्ध समूहका अध्यक्ष सर जोन स्टान्लीसँग संसद भवनमै भेटेर नेपाली क्रिकेटका लागि सहयोग मागे। पारसले लन्डनमा गैरआवासीय नेपालीलाई पनि भेटेका थिए। पारस शनिबार नै नेपाल फर्कने कार्यक्रम छ।

Comments
Post a Comment