सच्चिनु पर्ने एन्फा हो, हामी हैन: क्लव समन्वय समिति
आन्दोलनरत ए डिभिजनका ४ क्लवहरुको समन्वय समितिले सच्चिएर आउन अखिल नेपाल फुटवल संघले गरेको आग्रह अस्वीकार गरेको छ। अपारदर्शी ढंगबाट सञ्चालन भएको संघले अरुलाई सच्चिन आग्रह गर्नुअघि आफैं सच्चिनपर्ने उनीहरुको भनाई छ। समितिमा मच्छिन्द्र, यति हिमालनय शेर्पा, फ्रेण्ड्स र सरस्वती क्लव आवद्ध छन्।
अघिल्लो सिजनको ए डिभिजन लिगको तयारी र पुरस्कार वापतको रकम र एन्फा बैठकअघि एजेण्डा माग गरेपछि चार क्लव र एन्फा नेतृत्वको सम्बन्ध चिसिएको छ। हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले विधि अनुसार एन्फा सञ्चालन गर्ने र पारदर्शिता कायम गर्ने लिखित प्रतिबद्धता एन्फाबाट आउनुपर्ने जिकिर गरेका छन्। एन्फा बैठकको निर्णयबारे आफूहरुलाई कुनै जानकारी नआएको समेत उने बताए।
सार्वजनिक लेखा समितिमा एन्फा अध्यक्ष गणेश थापाबिरुद्ध छानबिन जारी रहेकै बेला एन्फा कार्यसमिति बैठक डाकेर संघले संसदको अवहेलना गर्न खोजेको उनको आरोप थियो। समितिको बैठक बसेर त्यसबारे थप निर्णय लिइने शेर्पाले जानकारी दिए।
मंगलबार बसेको एन्फा बैठकले चार क्लवलाई समिति भंग गरेर बैठकमा सहभागी हुने प्रतिबद्धता जनाए पुरस्कार वापतको रकम दिने अन्यथा यो सिजन आयोजना हुने कुनै पनि फुटवल प्रतियोगितामा संलग्न नगराउने निर्णय गरेको थियो।

Comments
Post a Comment