एशियाली खेलकुदका लागि कराँते खेलाडीको छनोट
नेपाल कराँते महासंघले १७ एशियाली खेलकुदका लागि खेलाडी छनोट गरेको छ। बन्द प्रशिक्षणमा रहेका २१ मध्येबाट ८ खेलाडी छनोट गरिएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए।
यसअघि संघले चितवनमा गत जेठ २३ र २४ मा एशियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरेको थियो। सो छनोटमा परेकाहरुलाई बन्द प्रशिक्षणमा राखेर मोनाकोका प्रशिक्षकद्वारा प्रशिक्षित गराइएको थियो।
इच्योन एशियाली खेलकुदमा नेपाली कराँतेको प्रतिनिधित्व गर्नेहरुमा महिलातर्फ ५० केजीमा अनु अधिकारी, ५५ मा मलिका थापा र ६८ केजीमाथिको तौल समूहमा गंगा अधिकारी रहेका छन्। त्यस्तै पुरुषतर्फ ५५ केजीमा विजय लामा, ६७ मा मुकुन्द महर्जन र ७५ केजीमा दिवस श्रेष्ठ छन्। महिलातर्फ इण्डिभिज्युएल कातामा चञ्चला अनुवार र पुरुषमा परशुराम बास्तोला छानिएका छन्।
१७ औं संस्करणको एशियाली खेलकुद आगामी असोज ४ बाट दक्षिण कोरियाको इन्च्योनमा हुँदैछ।

Comments
Post a Comment