कर्मकाण्डी मात्र नबनोस् गणेश थापामाथीको छानविन
बिष्णुहरि घिमिरे
एकाध वर्ष अघिसम्म राजा र राजसंस्था नहुने हो भने नेपाल नै रहँदैन भन्ने झुण्ड थियो । अहिले गणेश थापा नहुने हो भने नेपाली फुटबल नै चल्दैन भन्ने अर्को झुण्ड देखिएको छ । नेपालमा कसले घुस खाएको छैन् ? कसले भ्रष्टाचार गरेको छैन ? त्यसैकारण गणेश थापाले नेपाली फुटबलमा जति नै ब्रम्ह्लुट गरुन उनलाई निर्वाध छोडनु पर्छ, भन्ने केही महाविश्लेषक अगाडी आएका छन् । मानौं नेपाली फुटबलको नाममा गणेश थापालाई अकुत कमाउन निर्वाध दिनुपर्छ उनीहरुको तर्क त्यस्तैत्यस्तै देखिन्छ ।
हुन पनि यदि गणेश थापा अखिल नेपाल फुटबल संघ एन्फामा नहुने हो भने उनको आर्थिक हैसियत बिल्लिवाठ त हुन्छ नै उनका चाटुकारहरुको घरमा पनि चुलो बाल्ने समस्या हुन्छ । किनकी थापाले नेपाली फुटबललाई व्यक्तिगत व्यवसाय बनाउँदा रहलपहल उनीहरुको भागमा पनि पर्ने गरेको छ । त्यसैले उनीहरु नुनको सोझो गर्न पनि हौवा फैलाइरहेका छन् कि 'गणेश दाइ महान हुन् उनी विना नेपाली फुटबल चल्दैन ।'
वास्तवमा नेपाली फुटबल अहिले चलेको भनेको क्लबका केही पागल पदाधिकारी र समर्थकबाट हो । घरको काम छोडेर, विभिन्न दाता समक्ष खिस्स दात देखाएर चन्दा उठाउँदै उनीहरु नेपाली फुटबल धानिरहेका छन् । सम्भवत उनीहरुले त्यती सुसार र चिन्ता आफ्ना छोराछोरीको गर्दैनन् जति खेलाडीको गर्छन् । रंगशालमा फुटबल हुँदा पदाधिकारीको एउटै गुनासो हुन्छ 'खेलाडीलाई ज्वाइलाईभन्दा बढी मान गर्नु पर्छ र खेल भने यस्तो छ ।' खेलाडीको माग दिनदिनै बढ्दै गएको र लगानी अनुसार प्रर्दशन भने नभएकोमा क्लबका पदाधिकारीले मन दुखाउने गर्दछन् । जसरी अहिले नेपाली फुटबल सेमीव्यवसायिकता तर्फ उन्मुख हुँदैछ भनिएको छ । त्यो सबै क्लबकै कारण सम्भव भएको हो ।
क्लबले खेलाडी नपाल्ने हो भने एन्फाको दाल गल्दैन । तर एन्फाकै व्यवस्थापकिय कमजोरीका कारण नेपाली फुटबलमा लगानी बालुवामा पानी हँुदै गएको छ । त्यही भएर त्रिपुरेश्वरको रैथाने क्लब न्युरोड टिम एनआरटीले गतवर्षको सुरुमा नै फुटबल नै नखेल्ने अप्रिय निर्णय गर्न पुगेको थियो । उल्लेख्य अचल सम्पति भएको र घर भाडा वापत बार्षिक एक करोड भन्दा बढी आम्दानी गर्ने एनआरटीले घाटा देखाउँदै फुटबलबाट हात झिकेको थियो ।
हुन पनि गणेश थापा बाहेक नेपाली फुटबलमा लाग्नेहरु सबै अहिले ऋणमा छन् । २०५२ साल अघि सम्म सामान्य मोटरसाइकलमा त्रिपुरेश्वरमा देखा पर्ने गणेश थापास"ग अहिले चार वटा कार छन् । राजधानीमा आलिसान बंगला । स्वदेश तथा विदेशका बैंकमा उनी र उनको परिवारका नाममा कति पैसा छ त्यो खोजीकै विषय । पछिल्लोपटक कतारमा गोप्य व्यवसाय गरेको बताए पनि त्यस अघि थापाले आफूले चौबिसै घण्टा फुटबलबाहेक अरु केही नसोचेको बताउने गर्दथे । उनको भनाइ हुन्थ्यो 'म स्वयंसेवकको रुपमा फुटबलमा लागि रहेको छु । फुटबलबाहेक मेरो जीवनमा केही छैन् ।' स्वयंसेवकको रुपमा फुटबलमा होमिएको व्यक्तिले करोडौंको सम्पत्ति कहा"बाट जोड्यो गम्भीर विषय यही हो ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र पछिल्लो समयमा संसदको सार्वजनिक लेखा समितिले गणेश थापामाथि छानविन सुरु गरेको छ । सम्भवत एउटा व्यक्तिमाथि एकै पटक तीन–तीन निकायले छानबिन गरेको नेपालमा यो पहिलो घटना हुनुपर्छ । तर जुन रुपमा अहिले गणेश थापामाथि छानविनको प्रक्रिया थालिएको छ यदी त्यसमा मात्र सिमित हुने हो भने यो कर्मकाण्डीबाहेक अन्यथा हुने छैन् । गणेश थापा त्यती बेवकुफ छैनन जसले कागजमा देखाएर भ्रष्टाचार गरोस् । अगुल्टो लागेको कुकुर विजुली देखे पनि कुइया" भने जस्तै थापा २०५७ सालमा नै बालबाल बचेका हुन् ।
तत्कालीन समयमा गठित निराला आयोगको प्रतिवेदन त्यसै थन्काइयो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय र फिफा गोलप्रोजेक्ट निर्माणका भ्रष्टाचार भएको उनीमाथि आरोप लागेको थियो । जुन समयमा रजिस्ट्रेसन अडिटर गोपालप्रसाद गुप्ताले नेपालमा दर्ता नै नभएको कम्पनी माइला कन्स्ट्रक्सनलाई कामको ठेक्का लगाएको देखाएर अनियमितता गरेको प्रतिवेदन बुझाएका थिए ।
सत्ता र शक्तिको पहिचान र पूजा गर्न सिपालु थापा सो समयमा जोगिए, अझ भनौ जोगाइए । त्यस यता थापाको आर्थिक हैसियत दिन दुईगुना रात चौगुना भने झैं बढेको छ । बहुदलीय प्रजातान्त्रिक शासनकालमा एन्फाको बागडोर सम्हालेका थापाले त्यसपछि शाही शासन, लोकतन्त्र हँुदै गणतन्त्रमा पनि आफूलाई स्थापित नै गर्न सफल भए । २०५७ सालमा कागजमै देखिने गरि अनियमिता गरेका थापाले त्यसपछि भने चलाखीपूर्ण रुपमा कागजी प्रक्रियामा हरहिसाब दुरुस्थ राख्ने गरेका छन् । उही नेपाल पुलिसले भन्ने गरेको 'अपराधी जति नै चलाख भए पनि कुनै न कुनै प्रमाण छोडेकै हुन्छ' भने जस्तै थापाले नेपाली फुटबलमा गरेको अनियमितता भेट्टाउने उपाय भनेको नेपालमा सार्वजनिक गरिने लेखा परिक्षण प्रतिवेदन र एसियाली फुटबल महासंघ एएफसी तथा विश्व फुटबलको सर्वोच्च संस्था एएफसीमा बुझाउने गरिएको लेखा परिक्षण प्रतिवेदन भिडाउनु हो । किनकी जति पनि ठूला भ्रष्टाचार भएका छन् त्यो विदेशबाट आउने अनुदानमा नै हुने गरेका छन् ।
अर्को पाटो उनको अकुत सम्पत्तिको स्रोत खोजिनु पर्दछ । छोरा गौरभ थापाको खातामा एएफसीका तत्कालिन अध्यक्ष मोहम्मद विन हामानबाट एक लाख डलर जम्मा हुँदा सुरुमा केही आत्तिएको देखिएका थापाले एन्फाको आठ करोड रुपैयाँ आफूले गोप्य रुपमा राखेको र त्यो रंगशाला बनाउन खर्च गर्ने बताएका थिए । तर त्यसपछिका दुई आर्थिक बर्षका लेखा परीक्षणमा त्यो आठ करोड देखिएको छैन । उनको दैनिक खर्च र चल अचल सम्पत्तिको स्रोत नखोज्ने हो भने अहिले भएका सबै छानविन देखावटी मात्र हुने छन् । किनकी अप्ठेरो परेको बेलामा कुन व्यक्तिबाट कसरी काम सल्ट्याउने भन्ने कुरा गणेश थापालाई कसैले सिकाउनु पर्दैन । एन्फाकै एक पदाधिकारीको भनाइ सापट लिने हो भने बिसौं करोड जोगाउन एकाध करोड खर्च गर्नु कुन ठूलो कुरा हो र ?
इन्द्रमान र नैतिकता
दोस्रो जनआन्दोलनस"गै मुलुकमा गणतन्त्र स्थापना हँुदा समेत नेपाली फुटबलमा तानाशाह बा"की नै रहेको भन्दै २०६३ सालमा फुटबलकर्मीले विद्रोह गरे । गणेश थापाले एन्फामा आर्थिक अनियमितता गरेको, विधिको शासन नभएको, एकलौटी निर्णय गर्ने गरेको । यस्तै यस्तै आरोप लागेको थियो । अनि त्यो आन्दोलनको नेतृत्व मध्येका मुख्य व्यक्ति थिए इन्द्रमान तुलाधर । नेपाली खेलकुदमा बौद्धिक व्यक्ति पाउनै मुश्किल । यस अर्थमा पब्लिक युथ क्याम्पसमा प्राध्यापनसमेत गराउने इन्द्रमान नै एन्फा अध्यक्ष गणेश थापाको हैकम विरुद्धको आन्दोलनमा उत्रिएपछि आन्दोलन चानचुने हुने नै भएन । त्यसमा पनि राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य सचिव जीवनराम श्रेष्ठले परिषद्को विद्यमान ऐनलाई कुल्चदै नेपाल फुटबल संघ गठन गरे ।
परिषद्को ऐनले मुलुकमा एउटा खेलका लागि एक भन्दा बढी राष्ट्रिय संघको अस्तित्व स्वीकार गरेको छैन । एन्फाको दर्ता खारेजी पनि परिषद्ले गरेको थिएन । विधिको शासनका लागि आन्दोलन गरेको भन्नेहरु आफै विधि विपरित गठित संघको पदाधिकारी बने त्यसमा महासचिव थिए इन्द्रमान तुलाधर । दुई संघ अस्तित्वमा भएपछि लगभग तीन बर्ष फुटबल ठप्प प्राय भयो । यसै क्रममा गणेश थापा सच्चिएर जाने सहमतिसँगै विजयनारायण मानन्धर अध्यक्ष र इन्द्रमान महासचिव रहेको फुटबल संघ एन्फामा विलय भयो । विजयनारायण उपाध्यक्ष र इन्द्रमान कार्यकारी अधिकृत (सिइओ) भए एन्फामा । कुकुरको पुछार १२ वर्ष ढुँग्रोमा राखे पनि बाँगाको बाँगै भने जस्तै गणेश थापाको शैली फेरीएन ।
अहिले फेरी विजयनारायण सहित कर्माछिरिङ शेर्पा, किरण राई र पंकज नेम्वाङले हिम्मत गरे एन्फामा आर्थिक सुद्धिकरणका लागि । र उनै इन्द्रमान एन्फामा भएको भ्रष्टाचारको छानविनको माग गर्ने पदाधिकारी माथि अविश्वासको प्रस्ताव ल्याउन खाली कागजमा हस्ताक्षर अभियान चलाउन देश दौडाहामा निस्किए । यसले बौद्धिक भनिएका इन्द्रमानको नैतिकतामा प्रश्न उठाएको छ । २०६३ सालमा राखिएको माग अहिले सम्म कुन–कुन पूरा भयो । के इन्द्रमानले तत्कालीन समयमा एन्फामा पद पाउनकै लागि मात्र आन्दोलनमा लागेका थिए ? या इन्द्रमानले सो समयमा उठाएका माग गलत थिए या उनी अहिले गलत छन् ।
फुटबल बचाउने की भ्रष्टाचार ?
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फुटबलको प्रर्दशन खस्किदै गएको मात्र होइन एन्फा अध्यक्ष गणेश थापा पटकपटक आर्थिक अनियमितताबाट आरोपित हुन थालेका छन् । एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद हमामले फिफा अध्यक्षमा दावेदारी दिँदाको बखत एक लाख डलर छोरा गौरभ थापाको बैंक खातामा जम्मा भएको घटना होस् या सन् २०२२ को फिफा विश्वकप कतारलाई दिलाउने समयमा एक लाख २५ हजार लडर लिएको होस् अनि फिफा कांग्रेसमा श्रीमतीलाई समेत नेपाली प्रतिनिधि बनाएर भत्ता बुझेको होस् गणेश थापाको यी र यस्तै कारणले अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फुटबल भ्रष्ट देखिन थालेको छ । घर भित्र पनि नेपाली फुटबलको दुर्दशा छ । प्रायः क्लबहरु फुटबलबाट हात झिक्ने मनस्थितीमा पुगेका छन् । राजधानी र जिल्लाका क्लबबीचको खाडल गहिरो छ ।
लिगले अहिले सम्म लय समाउन सकेको छैन् । हरेक वर्ष प्रयोगमा नै लिग आयोजना हँुदै आएका छन् । अझ लिगमा हाकाहाकी हुने खेल मिलोमतोले फुटबललाई ध्वस्त पार्दैछ । राष्ट्रिय टिमको प्रर्दशन पटक्कै सुध्रिन सकेको छैन । जे जति प्रगति भएको छ त्यो अध्यक्ष गणेश थापाको आर्थिक हैसियत बढ्नु मात्र हो । यस्तो अवस्थामा एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किरण राई र सदस्य पंकज नेमाङले हिम्मत गरेका छन् । एन्फामा भएको आर्थिक अनियमिताका विरुद्धमा । यदी यो पटक पनि गणेश थापा उम्किए भने अब उनी विरुद्ध आजीवन कसैले पनि औला नउठाए हुन्छ । अब अखिल नेपाल फुटबल संघ एन्फा, क्लब तथा जिल्ला संघका पदाधिकारी मात्र होइन समग्र फुटबल प्रेमीले अहिले दुई मध्ये एकलाई रोज्नु पर्ने बेला आएको छ । नेपाली फुटबल बचाउने की भष्टाचारलाई ?

Comments
Post a Comment