राष्ट्रिय टोलीमा परेका १३ वर्षीय स्पिनर अनिल उत्साही
डेढ महिनाअघी एसीसी यु-१६ प्रिमियर लिग क्रिकेटका लागि 'बोन टेस्ट' पछि अनिल खरेलले आफ्ना स्कुल प्रशिक्षक वसन्त शाहीसँग भने, 'सर, मैले राम्रो खेलें भने राष्ट्रिय टोलीमा पर्छु?' १३ वर्षीय यी बायाँ हाते अर्थोडक्स स्पिनरलाई सायद आफ्नो उमेर र उचाइले गर्दा टोलीमा पर्दिनँ कि भन्ने आशंका थियो।
५९ जना नेपाली खेलाडीले दिएको उक्त परीक्षणमा २७ जनामात्र उत्तीर्ण भए, जसमा क्षेत्र नम्बर चार भैरहवाका यी किशोर नपर्ने कुरै थिएन। तर उनको यात्रा, यत्तिमै टुंगिएन। अन्तिम १८ हुँदै उनी यु-१६ राष्ट्रिय टोलीमा परेका छन्। 'मान्छे हेरेर हुन्न, उसको खेल हेर्नुपर्छ', टोलीमा परेपछि शनिबार पुल्चोकस्थित इन्जिनियरिङ क्रिकेट मैदानमा प्रशिक्षण लिइरहेका अनिलले भने।
'मान्छे सानो भएर म उसलाई फुच्चे भनेर बोलाउँछु, तर उसको बलिङ लोभलाग्दो छ। लाइन र लेन्थमा बलिङ गर्छ', नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाएका वसन्त भन्छन्। स्पिन बलिङ लामो समयदेखि नेपाली टोलीको सशक्त पक्ष रहँदै आएको छ।
यसपटकको यो जुनियर टोलीमा पनि बलियो पक्ष स्पिन आक्रमण र ब्याटिङ रहेको प्रशिक्षक बताउँछन्। बलिङमा आशा गरिएका खेलाडी हुन्, यिनै 'फुच्चे' अनिल। क्रिकेटमा बायाँ हाते बलर खतरनाक मानिने भएकाले पनि अनिलबाट आशा गरिनु अस्वाभाविक होइन।
नेपाली सिनियर टोलीमा लामो समयदेखि रहँदै चर्चा कमाएका शक्ति गौचन र वसन्त रेग्मी पनि बायाँ हाते अर्थोडक्स स्पिनर हुन्। संयोग नै मान्नुपर्छ, शक्ति र वसन्त दुवै भैरहवाका हुन्। अनि यी दुवै खेलाडी अनिलका लागि सबैभन्दा बढी मन पर्ने नेपाली क्रिकेटर पनि हुन्।
' भैरहवाको वातावरण नै यस्तो भयो कि खेल भनेकै क्रिकेट मात्रै जस्तो थियो। मैले एक कक्षादेखि नै क्रिकेट खेल्न थालेको हुँ', हाल भैरहवास्थित एपेक्स स्कुलमा आठ कक्षामा पढिरहेका अनिल भन्छन्। तीन कक्षामा पढ्दा उनले पहिलोपटक स्पिन बलिङको प्रयास गरेका थिए।
'त्यतिबेला कक्षा चारदेखि मात्र क्रिकेटको कक्षा लिन पाइन्थ्यो, तर मैले तीन कक्षाबाटै सुरु गरें। पाँच कक्षादेखि नियमितरूपमा अभ्यास गर्दै आएको छु', उनले अगाडि थपे। यही स्कुलमा महिला राष्ट्रिय क्रिकेट टोलीका इन्दु बर्मा र प्रतीक्षा बस्याल लगायत खेलाडी पनि अध्ययन गर्थे। कक्षा चारमा पढ्दा उनकै बलिङमा इन्दुले ब्याटिङ अभ्यास गर्थिन्।
'मेरो बलिङ देखेर त्यतिबेला गुरुहरू निकै प्रभावित हुनु भएछ। एकदमै प्रशंसा गर्नुभयो। त्यति बेलादेखि म राम्रो क्रिकेटर बन्न सक्छु जस्तो लागेको थियो', अनिलले भने। भारतबाट आउने स्थानीय टोलीसँग उनले धेरैपटक खेलिसकेका छन्। दुई महिनाअघि महाराष्ट्रको स्थानीय टोलीविरुद्ध अनिलले ह्याट्रिक गरेका थिए। गत वर्ष भैरहवा आएको भारतको स्थानीय टोली र भैरहवाको टोलीबीच यु-१२ स्तरमा भएको टीट्वेन्टी शृंखलामा प्लेयर अफ दि सिरिज भए। अन्तर कलेज प्रतियोगिता (केही बाहिरका खेलाडी पनि खेलाउन मिल्ने) पनि खेलिसकेका छन्।
'बन्द प्रशिक्षणमा अनिलभन्दा पनि कम उमेरका सुबोध ऐर पनि थिए। उनी राम्रो ब्याट्सम्यान भए पनि पावर थिएन। अर्को पटकका लागि उनी राम्रो बन्न सक्छन्, तर अनिलको बलिङमा पावर छ। उनी अहिले नै टोलीका लागि महत्त्वपूर्ण हिस्सा बन्न सक्छन्', अनिललाई टोलीमा समावेश गरिनुको रहस्य प्रशिक्षक वसन्त यसरी खोल्छन्।
अनिललाई पनि एउटा सपना पूरा भएजस्तो लागेको छ। 'मैले राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेको थिएँ। यो पूरा भएको छ। अब यसलाई मैले न्याय गर्नुपर्छ। राष्ट्रिय टोलीमा लामो समय रहन म यसलाई गतिलो सुरुआत बनाउन चाहन्छु', अनिल भन्छन्।

Comments
Post a Comment