चेस ओलम्पियाडको दोश्रो चरणमा नेपालका खेलाडीलाई सफलता

नर्वेमा जारी ४१ औं चेस ओलम्पियाडको दोस्रो चरणमा नेपालका फिडे मास्टर मनिष हमाल, केशव श्रेष्ठ र रिजेन्द्र राजभण्डारीले जित हात पारेका छन् । उनीहरु तीनै जनाले ग्वामका खेलाडीलाई हराएका हुन् । अर्का नेपाली खेलाडी फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठले ग्वामकै खेलाडीलाई बराबरीमा रोकेका छन् ।
दोस्रो चरणको यो नतिजापछि नेपालले ३ दशमलव ५ अंक जोडेको छ । पहिलो चरणमा चार वटै खेल हारेको नेपालले आज मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ ।
यसैबीच, महिलातर्फ नेपालले पहिलो अंक जोडेको छ । दोस्रो चरणमा बिना जैसवाल, अस्मिता अधिकारी र संगीता जैसवाल पाराग्वे खेलाडीसँग पराजित भएपनि सुरुचि थिङले भने जित हात पारिन् । फिडे वरियतामा नरहेकी थिङले पाराग्वेकी मोन्तसेरात रोजासलाई पराजित गरेकी हुन् । महिलातर्फ नेपालले आज सेचेलेससँग प्रतिस्पर्धा गर्नेछ । 

Comments

Popular Posts