दोस्रो इको च्यालेन्ज हुने

एसियाली खेलकुदको तयारीका लागि बुधबार अभ्यास क्रममा
उसु खेलाडी चाहना बम्जन र मंगलसिंह थारू।
ट्रेकिङ एसोसिएसन अफ नेपालको आयोजनामा दोस्रो इको च्यालेन्ज २०१४ भदौमा हुने भएको छ। समूहगत सहभागिता रहने यस प्रतियोगितामा तीन खेल दौड, साइक्लिङ र र्‍याफ्टिङ समावेश छन्। भदौ १ मा हुने प्रतियोगितामा सहभागीले पाँचको समूह बनाउनुपर्नेछ। त्यसमध्ये चार खेलाडी हुनेछन् भने एक व्यवस्थापक ।
चारै खेलाडीले ६.५ किलोमिटरको दौड, १४.५ किलोमिटरको साइक्लिङ र ७.५ किलोमिटर कोर्‍याफ्टिङ तय गर्नुपर्नेछ। त्यसमा पहिलो हुने समूहले १ लाख २५ हजार, दोस्रोले ९५ हजार र तेस्रोले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १८ वर्ष माथिकाले भाग लिन पाउनेछन्। आयोजकले यस प्रतियोगितालाई देशकै महत्त्वपूर्ण साहसिक खेलकुद गतिविधिका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

Comments

Popular Posts