नेपालको लगातार चौथो जीत
मलेसियामा जारी एसीसी U-16 प्रेमियर लिग क्रिकेटमा नेपाल चौथो जित दर्ता गरेको छ । बहराइनलाई आज १ सय ८६ रनले पराजित गरेपछि नेपाल उपाधि नजिक पुगेको छ । २ सय ३४ रनको लक्ष्य पछ्याएको बहराइन २४ ओभर ४ बलमा ४७ रनमा अलआउट भयो । ओमानलाई हराउँदा नायक बनेका १३ वर्षिय स्पीनर अनिल खरेलले आज तीन विकेट लिए । उनले ८ रन खर्चेर तीन विकेट लिएका हुन् । नेपालका पवन सरार्फले २ तथा आशिष पोखरेल र रिजन ढकालले १–१ विकेट लिए । यसअघि प्रणित थापाले प्रतियोगिताको पहिलो हाफ सेन्चुरी पुरा गरेपछि एसीसी ग्(ज्ञट प्रेमियर लिग क्रिकेटमा नेपालले बहराइन सामू जितका लागि २ सय ३४ रनको लक्ष्य दिएको थियो । सेलङ्गोर टर्फ क्लवको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन जोड्यो । थापा ७० रनमा अविजित रहे । रवि चन्दले ३३ रनको योगदान गरे । बहराइनका अभाइस मुज्जफरले ३ विकेट लिए । २८ रन खर्चेका उनले किफायती बलिङ्ग गरेका थिए । नेपालले यसअघि थाइल्याण्ड, सिङ्गापुर र ओमानलाई हराइसकेको छ । मलेसियाले भने वायुमास ओभल मैदानमा सिङ्गापुरलाई ४ विकेटले हराएको छ । सिङ्गापुरले मलेसियालाई १ सय २८ रनको लक्ष्य पस्केको थियो जुन उसले ३५ औं ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । मलेसियाका विरनदिप सिंहले अविजित ५९ रन जोडे । बहराइनलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । नेपालको ८ अंक छ । दोस्रो स्थानको मलेसियाको ७ अंक छ । प्रतियोगिताको अन्तिम खेलमा पर्सि बुधाबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सोही नतिजाले प्रतियोगिता विजेताको टुङ्गो लगाउने छ ।
Comments
Post a Comment