एसियाडको २० खेलमा सहभागिताको तयारी
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुद (एसियाड)का लागि २० खेलमा खेलाडी सहभागी गराउने भएको छ। अन्तराष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी), राखेप र युवा तथ खेलकुद मन्त्रालयबीच भएको सहमतिअनुसार आगामी एसियाडमा नेपाल १८ खेलमा एक सय २४ खेलाडी सहभागी हुने गाराउने तय भएको थियो। तर राखेपले सहमतिभन्दा बाहिरका दुई खेल सेपाकताक्रो र सफ्ट टेनिसमा पनि सहभागी गराउने तयारी भइरहेको छ।
प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले गरेको अन्तिम तयारीअनुसार एसियाड खेल्न जान लागेका खेलाडीमाकराँतेतर्फ चार महिला र चार पुरुष गरी आठ खेलाडी छन्। तेक्वान्दोमा ६ महिला र ६ पुरुष गरी १२ खेलाडी छन्। उसुमा आठ पुरुष र पाँच महिला गरी १३ खेलाडी छन्। एथ्लेटिक्समा ६ पुरुष र तीन खेलाडी गरी नौ खेलाडी छन्। भारोत्तोलनमा दुई पुरुष र एक महिला गरी तीन खेलाडी छन्।
टेबुलटेनिसमा तीन महिला र तीन पुरुष गरी ६ खेलाडी छन्। ब्याडमिन्टनमा पनि तीन महिला र तीन पुरुष गरी ६ खेलाडी छन्। जुडोमा तीन पुरुष र दुई महिला खेलाडी गरी पाँच खेलाडी छन्। कुस्तीमा दुई पुरुष खेलाडी छन्। क्रिकेटमा महिला र पुरु ष दुवैतर्फ समान १५/१५ खेलाडी छन्। बक्सिङमा ६ पुरुष र दुई महिला गरी आठ खेलाडी छन्।ट्रायथलनमा दुई महिला र दुई पुरुष खेलाडी गरी चार खेलाडी छन्।
पौडीमा एक महिला र एक पुरुष गरी दुई खेलाडी छन्। साइक्लिङमा एक महिला र एक पुरुष गरी दुई खेलाडी छन्। सुटिङमा एक पुरुष र दुई महिला गरी तीन खेलाडी छन्। आर्चरीमा दुई महिला र दुई पुरुष गरी चार खेलाडी छन्। लन टेनिसमा दुई पुरुष र दुई महिला गरी चार खेलाडी छन् भने गल्फमा दुई पुरुष र एक महिला गरी तीन खेलाडी छन्। 'यो नै अन्तिम हो। हाम्रा तर्फबाट यो नै पक्कापक्की हो', प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिका एक सदस्य भन्छन्।
राखेपले सहमतिभन्दा बाहिरका दुई खेल सेपाकताक्रो र सफ्ट टेनिसमा पनि सहभागिता गराउने तयारी गरिरहेको छ।'एनओसीले पठाएको सूचीमा सेपानताक्रो र सफ्ट टेनिस भए यो खेलमा पनि हामी सहभागी हुनेछौं', एसियाड तयारी तथा व्यवस्थापन समितिका एक सदस्य भन्छन्। एनओसीले २४ खेलमा सहभागी हुने तयारी गरेको छ, जसमा सेपाकताक्रो र सफ्ट टेनिस पनि छ। 'कम परिचित भए पनि सेपाकताक्रोमा नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन राम्रो रहेछ। सफ्ट टेनिसको पनि प्रदर्शन राम्रो भएको र आधा खर्च संघ आफैंले बेहोर्ने भएकाले राखेप सकारात्मक छ। राखेपलाई यसबारे निर्णय गर्न गाह्रो हुनेछैन', ती सदस्य भन्छन्।
सफ्ट टेनिसमा पाँच पुरुष र पाँच महिला गरी १० खेलाडी र सेपाकताक्रोमा तीन खेलाडी एसियाडमा सहभागी गराउने तयारी राखेपको छ।तर स्मरणीय छ, विगतमा एनओसीले आफ्नै खर्चमा अन्य खेलमा पनि खेलाडी लाने र राखेपले निर्धारण गरेका खेलमा पनि खेलाडी थपेर लैजाने गरेको छ। यसबाहेक क्यानोइङमा सहभागी हुन पनि राखेप बोर्ड पदाधिकारीभित्रैबाट दबाव रहेको छ। यो खेल भने एनओसीले पठाएको २४ खेलको सूचीमा छैन।एनओसीले पठाएको प्रारम्भिक सूचीमा नभएको खेल र खेलाडीलाई पछि थप्न नपाइने व्यवस्था भएकाले क्यानोइङको सहभागिता रहने सम्भावना कम रहेको बताइन्छ।
राखेपको सूचीमा नरहेका तर एनओसीले सहभागी गराउने तयारीमा रहेका खेलमा जिम्न्यास्टिक, फुटबल, बास्केटबल र फेन्सिङ छन्। राखेपले कराँते, तेक्वान्दो, उसु, एथ्लेटिक्स, भारोत्तोलन, टेबुलटेनिस, ब्याडमिन्टन, जुडो, कुस्ती, क्रिकेट, बक्सिङ र ट्रायथलनको राष्ट्रिय टिमको तयारी लामो समयदेखि गरिरहेको छ। यी खेलबाट एसियाडका लागि छनोट भएका खेलाडी आगामी मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुनेछन्। एसियाडमा नपर्ने खेलाडीहरू राष्ट्रिय टिमको तयारीअन्तर्गत रहने बताइएको छ। निश्चित भइसकेका बाँकी ६ खेलको बन्द प्रशिक्षण भदौ १ गतेदेखि सुरु हुने जनाइएको छ।
राखेप बोर्ड बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी संख्याबारे अन्तिम निर्णय गर्नेछ। युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बोर्ड बैठकमा पछि अनुमोदन गराउने गरी निर्णय लिएर अगाडि बढ्न राखेपलाई निर्देशन दिइसकेका छन्। मन्त्री पौडेल अहिले नर्वेमा रहेकाले उनी आएपछि बोर्ड बैठक बस्नेछ।
पाँच खेलमा पदकको लक्ष्य
एसियाडमा नेपालले उसु, बक्सिङ , कराँते, तेक्वान्दो र ट्रायथलन गरी पाँच खेलमा पदकको अपेक्षा गरेको छ । 'अन्य खेलमा राम्रो प्रदर्शन गर्ने र दक्षिण एसियाली खेलकुद (साग)का लागि तयारी गर्ने हो', प्रतियोगीता तयारी तथा व्यवस्थापन सकितिका ती सदस्य भन्छन। बक्सिङमा नेपालले गत संस्करणमा सांस्य पदक जितेको थियो। उक्त प्रतियोगीतामा बक्सिङ खेलाडी दिपक हर्जनले नेपालका लागि एकमात्र उक्त पदक जितेका थिए।
तेक्वान्दोमा नेपालको इतिहास गर्विलो भए पनि पछिल्ला अन्तराष्ट्रिय सहभागीता भने राम्रो नतिजा निकाल्न सकेको छैन्। एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालका लागि रजत पदक जितेकी थिइन। केही वर्षअघि मात्र भित्रिएको ट्रायथलनमा नेपालको अन्तराष्ट्रिय नतिजा राम्रो रहेको छ ।

Comments
Post a Comment