पथरीमा मेनुका थक्लुङ लिङ्थेप स्मृति फुटबल
मोरङको पथरीमा साउन २२ गतेदेखि प्रथम स्वार्गिय मेनुका थक्लुङ लिङ्थेप स्मृति फुटबल प्रतियोगिता २०७१ हुने भएको छ ।
वि.सं.२०२४ सालमा संखुवासभाको नुनढाकीमा जन्मिएकी लिङ्थेपको २०७० साउन २९ गते पथरी बुद्धचौकमा निधन भएपछि उनको स्मृतिमा उनकी बहिनीहरु हङकङ निवासी निरु र मनिता लिम्बुले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएका हुन् । पथरी रंगशालामा २२ गतेदेखि २९ गते सम्म हुने फटबल प्रतियोगितामा केर्खा फुटबल क्लब झापा, डिएफसि भाउन्ने, न्यू स्टार क्लब किर्तिपुर, लेटाङ फुटबल क्लब, जहदा फुटबल क्लब, बेलबारी फुटबल क्लब र आयोजक पथरी फुटबल क्लबको सहभागिता जनाउनेछन् । पथरी स्पोर्टिङ क्लबको संयोजनमा हुने फुटबल खेलको फाइनल खेल साउन २९ गते हुनेछ । विजेता र उपविजेता टिमलाई नगद रु.२५ हजार र १५ हजार सहित नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । पथरी स्पोटिङ क्लबका अध्यक्ष धनकुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका खेलाडी दीपक राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments
Post a Comment