एन्फाको भ्रष्टाचार बिरुद्ध नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग उत्रने

विभिन्न समाचार माध्ययमबाट प्रेषित अखिल नेपाल फुटवल संघमा भ्रष्टाचार भएको भन्ने समाचारप्रति नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
अखिल नेपाल फुटवल संघका पदाधिकारीबाट व्यवस्थापिका संसद सार्वजनिक लेख समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा भ्रष्टचारका बारेमा उजुरी समेत दिएको प्रसङग उल्लेख गर्दै त्यसलाई प्रक्रियागतरुपमा अगाडी बढाउनका लागि संम्वन्धित सवै निकायलाई अनुरोध गरेको छ।
अखिल नेपाल फुटवल संघमा देखिएको भ्रष्टचारलाई रोक्नका लागि अखिल नेपाल फुटवल संघका केन्द्रीय उपाध्यक्षहरु कर्मा छिरिङ्ग शेर्पा, किशोर राई, विजयनारायण मानन्धर, केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ्ग लगायतका साथीहरुले भ्रष्टचार भयो भनि कुरा उठाउदा उहाँहरुप्रति प्रतिशोध लिई हटाउने षडयन्त्र गरिरहेको भन्दै विभागले त्यसको शसक्त प्रतिकार गर्न नेपाली कांग्रेसका सम्पूर्ण निकायलाई अनुरोध गरेको छ।
संघले नेपाल लोकतान्त्रिक खेलकुद संघ को विधान २०७१ लाई सर्वसम्मतरुपमा अनुमोदन समेत गरेको छ।

Comments