डिडिएर ड्रोग्बा फेरि चेल्सीमै फर्किए

इंग्लिस क्लब चेल्सीले फेरि आइभरी कोस्टका स्ट्राईकर डिडिएर ड्रोग्बालाई भित्र्याएको छ । सन् २०१२ मा चेल्सी छोडेर चिनिया क्लबमा गएका ड्राेग्बा सन् २०१३ को जुलाईमा क्लबसँग विवाद भएपछि टर्किस क्लब गालाटासारे गएका थिए । क्लबले ड्राेग्बालार्इ एक वर्षकाे लागि अनुवन्ध गरेकाे छ ।  
चेल्सीसँगको सम्झौतापछि ड्रोग्बाले आफूले जोसे माउरिन्होसँग काम गर्ने मौका गुमाउन नचाहेको भन्दै टिममा फर्किने निर्णय आफ्ना लागि सजिलो रहेको बताएका छन् ।
सन् २००४ को जुलाईमा ड्रोग्बालाई भित्र्याएको चेल्सीले उनी रहँदा तीन पल्ट इंग्लिश प्रिमियर लिग, चारपल्ट एफए कप, दुईपल्ट लिग कप र एकपल्ट च्याम्पियन्स लिग जितेको थियो ।
यसैबीच म्यान्चेष्टर युनाइटेडका नयाँ म्यानेजर लुइस भान गालले खेलाडीलाई अंग्रेजी बोल्न आदेश दिएका छन् । भर्खरै मात्र क्लबमा आवद्ध भएका खेलाडी हुवान माटाले खेल मैदानमा स्पेनिश भाषामा संवाद गर्न रोक लगाएको खुलासा गरेका हुन् ।
यस्तै टोलीले नयाँ सिजनमा नयाँ शैलीबाट खेल्न लागेको पनि उनले बताएका छन् । नयाँ शैलीको प्रयोग क्लबका लागि खतरापूर्ण हुने भएपनि मेहेनत गरेमा सफल हुनेमा विश्वस्त रहेको माटाले बताएका छन् ।

Comments

Popular Posts