नेमारको ढाड भॉँच्ने कारबाहीबाट जोगिए

जारी विश्वकपमा ब्राजिलका स्टार स्ट्राइकर नेमारको ढाडको हड्डी भाँचिने गरी 'फल' खेल्ने कोलम्बियन रक्षक हुवाँ जुनिगाले फिफाबाट सफाइ पाएका छन्।
अनुसन्धानमा जुनिगाले फल गरे पनि घाइते बनाउने आशय नदेखिएकाले उनलाई सफाई दिइएको फिफाले जनाएको छ।
क्वार्टरफाइनल खेलको अन्त्यतिर जुनिगाको घुँडाले ढाडमा लागेपछि नेमार घाइते भएका थिए। तत्काल अस्पताल पु:याइएका नेमारको ढाडको एउटा हड्डी भाँचिएको चिकित्सकले बताएका थिए।
नेमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने निश्चित भइसकेको छ। स्पेनिस रेफ्री कार्लोस भेलास्को काबेलोले जुनिगालाई कार्ड समेत देखाएका थिएनन्। फिफाको अनुसासन समितीले रेफ्री भेलास्कोको विषयमा भने केही बोलेको छैन।
यसअघि गम्भिर फल गर्दासमेत रेफ्रिले केही नगरेको भन्दै भेलास्कोको आलोचना भएको थियो।
यसैगरी ब्राजिलका वर्तमान तथा पुर्वखेलाडीले पनि जुनिगाले घाइते बनाउने उद्देश्यले नै नेमारलाई फल गरेको आरोप लगाएका थिए। घटनाको विषयलाई लिएर जुनिगाले नेमारसँग माफी मागिसकेकाले पनि उनलाई कारवाही गर्नु आवश्यक नरहेको फिफाको अनुसासन समितीको ठम्याई छ।

Comments

Popular Posts