यु–१६ टोलीले आशा जगायो

दीपेन्द्र सापकोटा

स्तर र लगानीको हिसाबले हेर्दा धेरै माथि रहेको कोरियाली यु–१६ टोलीलाई नेपाली टोलीले ३ साउनमा सोलमा भएको खेलमा गोलरहित बराबरीमै रोकेको छ । कोरियाको सिनियर टोलीले सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।
बराबरीको नतिजाबाट नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उत्साह ब्यक्त गर्दै भने, “चार जना बैकल्पिक खेलाडी खेल्दा पनि नेपाली टोलीले कोरियालाई चुनौति दिनसक्नु उत्साहपूर्ण हो ।”
आगामी सेप्टेम्बरमा हुने एएफसी च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण र मैत्रीपूर्ण खेल खेल्न नेपाली युवा टोली २३ असारमा दक्षिण कोरिया प्रस्थान गरेको थियो ।
५ साउनमा कोरियाबाट फर्किएपछि टोली फेरि अभ्यास खेलका लागि कतार, बेल्जियम, बहराइन र थाइल्याण्ड जाने एन्फाले जनाएको छ ।
सेप्टेम्बरमा थाइल्याण्डमा हुने एएफसी यु–१६ च्याम्पियनसिपमा समूह ‘सी’ रहेको नेपालले उज्वेकिस्तान, कुवेत र उत्तर कोरियासँग खेल्नेछ । च्यामियनसिपमा नेपाल सेमिफाइनलमा पुग्नसक्यो भने अर्को वर्ष यु–१७ विश्वकप खेलका लागि छनोट समेत हुनेछ ।

Comments