नारिनले फेरि गरे कमाल

टीट्वेन्टी बलरहरू निरीह हुने क्रिकेटको स्वरूप हो। विश्‍वका होनहार बलर पनि टीट्वेन्टीमा कमजोर देखिन्छन्। तर वेस्ट इन्डिजका स्पिनर सुनिल नारिन यसका अपवाद हुन्। उनले हरेक प्रतियोगितामा कसिलो बलिङ गर्छन्, विकेट लिन्छन् र विपक्षीलाई दबाबमा राख्छन्। जारी क्यारेबियन प्रिमियर लिगमा यी स्टार स्पिनरले कमालै गरेका छन्। गुयना अमेजन्स वारियर्सबाट खेलिरहेका नारिनले रेड स्टिलविरुद्ध भएको खेलमा सबैलाई आश्‍वर्यचकित बनाएका हुन्।
उनले सुपर ओभरमा एक रन पनि दिएनन् र एक विकेट लिए। सुपर ओभरमा यो विश्व कीर्तिमान हो। एक सय २० रनको लक्ष्य पछ्याएको वारियर्सलाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो भने ऊसँग एक विकेट मात्र बाँकी थियो, तर वारियर्सले विपक्षीको खराब फिल्डिङको फाइदा उठाउँदै १० रन लिएपछि खेल बराबरी भएको थियो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको वारियर्सले ११ रन जोडेको थियो।
लक्ष्य पछ्याउन आएको रेड स्टिललाई नारिनले एक रन पनि जोड्न दिएनन्। यसअघि गत साता यही प्रतियोगिताको एक खेलमा नारिनले चार ओभरमा एक मेडन राखेर तीन रनमात्र खर्चिएका थिए। नारिन अहिले एकदिवसीय र टीट्वेन्टी क्रिकेटमा बलरको वरीयता क्रममा दुवै स्पर्धामा दोस्रो स्थानमा छन्।

Comments

Popular Posts