'फाइनल पुग्छौं भनेर कसैले सोचेका थिएनन्’
स्ट्राइकर सर्जियो एगुइरोले गोन्जालो हिगुइनको स्थानमा नेदरल्यान्ड्सविरुद्धको खेलमा मैदान छिरेर टाइब्रेकरमा आफ्नो जिम्मेवारी पनि पूरा गरे र टिमलाई फाइनलमा पुर्याउने काम गरे । 'यो भनेको धेरै राम्रो हो । धेरै मानिसले अर्जेन्टिना फाइनलमा पुग्छ भन्ने सोचेका थिएनन् । तर हामीलाई थाहा थियो, हामी कस्ता खेलाडी हौं भनेर । हामीसँग व्यक्तिगत रूपमा पनि धेरै राम्रो खेलाडी छन्,' एगुइरोले भने । यी म्यानचेस्टर सिटीका स्ट्राइकरले थपे,'खेलमा कसले गल्ती गर्यो भनेर हेर्दा कसैले पनि गरेको देखिएन ।' नेदरल्यान्ड्स ठूलो प्रतियोगितामा टाइब्रेकरमा हार्दै बाहिरिएको यो पाँचौं पटक हो । अर्जेन्टिनाले प्रहार गरेका चारै पेनाल्टी प्रहार सफल भएका थिए ।
अर्का सब्सिटच्युट म्याक्सी रोडि्रग्वेजले चौथो पेनाल्टी प्रहार गर्दै टिमको जित सुनिश्चित गरेका थिए । यी ३३ वर्षीय खेलाडीले अब फाइनलमा खेल्दैछन् । 'यो निकै उत्साहित छ । हामीलाई पीडा थाहा छ । किनकि हामी त्यो क्षणबाट गुज्रिएर आएका छौं । हामी केही खुसियाली पाउन लायक छौं,' रोड्रिग्वेजले भने । उनले फाइनल खेलको प्रतीक्षामा रहेको बताए । 'हामी ब्युनर्स आयर्सबाट यहाँ आउँदा उपाधि जित्ने लक्ष्यसहित आएका हौं । आशा गरौं, बाँकी ९० मिनेट हाम्रो पक्षमा हुनेछ,' उनले भने । उनले यो जित आफ्नो परिवार र सम्पूर्ण अर्जेन्टिनीमा समर्पित रहेको बताए ।
Comments
Post a Comment