रविन्द्र जडेजामाथि कारबाही गर्ने आइसिसीको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले भारतीय क्रिकेटर रविन्द्र जडेजालाई जरिवाना गर्ने भएको छ । इंग्ल्याण्ड र भारतबीचको पहिलो टेष्ट क्रिकेटका क्रममा इंग्ल्याण्डका जेम्स एन्डरसनसँग भएको विवादमा दोषी ठहर गर्दै आइसिसीले जडेजालाई जरिवाना गराउन लागेको हो ।
जडेजामाथि विवादका क्रममा एन्डरसनलाई धम्काउने र आक्रमण गर्ने उद्देश्यले अघि बढेको आरोप लागेको थियो । उनको टेस्ट म्याचको आधा पारिश्रमिक जरिवानास्वरुप लिइनेछ । यसअघि आइसिसीले जारी गरेको विज्ञप्तीमा जडेजामाथि आरोप तय भएपनि दोषी भने नपाइएको उल्लेख थियो ।
तर म्याचका रेफ्रीले जडेजाको व्यवहार खेलको भावना विपरित भएकाले उनलाई जरिवाना गराउने निर्णय गरिएको हो । यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले भने यस फैसलाप्रति आपत्ति जनाएको छ । यो फैसलाविरुद्ध बिसिसिआईले अपिल गर्ने जनाएको छ ।
यसैबीच, जडेजालाई गाली गलौज साथै धकेलेको आरोप लागेका एन्डरसनमाथिको सुनुवाइ भने अगस्ट १ तारिखमा हुनेछ । यदि यो आरोप पुष्टी भएमा एन्डरसनमाथि ४ टेष्ट म्याचको प्रतिबन्ध लाग्न सक्नेछ ।

Comments

Popular Posts