​सुरक्षा चिन्तामा सख्तर डोनेस्कका खेलाडी

युक्रेनी क्लव सख्तर डोनेस्कका ५ खेलाडीले सुरक्षाको प्रत्याभूति नभएसम्म प्रशिक्षणमा फर्कन नसक्ने बताएका छन्। मिडफिल्डर डग्लस कोष्टासहितका ५ दक्षिण अमेरिकी खेलाडीहरुले टीमसँगै युक्रेन भ्रमण गर्न अस्वीकार गरेका हुन्।
उनीहरुले आज हुने सिजनको पहिलो खेल समेत नखेल्ने स्पष्ट पारेका छन्। कोष्टाले सामाजिक सञ्जाल इन्स्टाग्रामको आफ्नो पेजमा लेखेका छन्,…युक्रेनी भूमिमा टेक्दा हाम्रो जीवन सुरक्षित नहुनसक्छ।' उनले ५ खेलाडीहरुलाई युक्रेनमा द्वन्द्व जारी रहँदासम्म स्वीट्जरल्याण्डमै प्रशिक्षणको व्यवस्था मिलाउन माग गरेका छन्।
समर्थक, क्लव र युक्रेनी जनता सबैले आफूहरुप्रति दर्शाएको मायाका लागि उनीहरुले धन्यवाद दिएका छन्। आफूहरु क्लवमा रहिरहन चाहेको स्पष्ट पार्दै खेलाडीहरुले आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्। कोष्टा सन् २०१० यता डोनेस्कमा आवद्ध छन्। उनले क्लवलाई लगातार ५ वर्ष युक्रेनी लिग र सन् २०१०–११ मा क्लवलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलसम्म पुर्‍याएका थिए।   

Comments

Popular Posts