अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो शुरु हुँदै
दशौं संस्करणको अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगिता आजबाट बेलायतमा शुरु हुँदैछ । रेडिङ्गस्थित रिभरमेड लेजर कम्प्लेक्समा दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालबाट ६ खेलाडी २ प्रशिक्षक र ३ रेफ्रिले सहभागिता जनाउँदैछन् ।
रोहित तामाङ्ग, सरिता श्रेष्ठ, निरोजबहादुर नेपाली, अर्जुन सुनुवार, अमिता राई र रजिन सिंहले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरुलाई अशोक खड्का र अष्ट महर्जनले प्रशिक्षण दिएका छन् । सगरमाथा तेक्वान्दो डोजाङ्ग, गैरआवासीय संघ नेपाल बेलायत र जेन मार्शल आर्टस्को संयुक्त आयोजनामा हुने प्रतियोगितामा विश्वभरका ३ सय खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक इन्द्र गुरुङ्गले जानकारी दिएका छन् । प्रतियोगितामा नेपालबाहेक अन्य ९ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाण्डौंमा सन् २००० बाट शुरु प्रतियोगिताको नवौं संस्करण अमेरिकाको पोर्टल्याण्डमा भएको थियो ।
Comments
Post a Comment