राखेप सदस्यसचिवसँग मिल्न सकिन्छः मन्त्री पौडेल
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले इन्चोन एसियाली खेलकुद तयारीका सिलसिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामासँग एउटै बैठकमा बस्न सकिने संकेत गरेका छन्।
'कतैबाट पहल हुन्छ र आवश्यक देखिन्छ भन्ने एउटै बैठकमा बस्न सकिन्छ,' उनले भने, 'मुख्य कुरा एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित हुनुपर्छ। त्यसका लागि सबैसँग छलफल गर्न सकिन्छ।'
मन्त्री पौडेलले बैठकको पहल आफैले लिन सक्ने पनि बताए। 'सहभागिता निश्चत गर्न म आफै पनि पहल गर्न सक्छु,' उनले भने, 'आवश्यकता देखियो भने राखेप बोर्ड बैठक पनि बस्न सकिन्छ।' पौडेल मन्त्री भएपछि सदस्यसचिव लामासहितले तीनपटक बोर्ड बैठक राख्न पत्र लेखिसकेका छन् । तर बोर्ड बैठक भने बसेको छैन।
राखेपका अध्यक्ष रहेका मन्त्री पौडेलले जेठ २ मा सदस्यसचिव लामासहित ६ जनालाई पदमुक्त गरेपछि खेलकुदमा विवाद चर्केको थियो । मन्त्रीको निर्णयविरुद्ध लामालगायतले सर्वोच्चबाट स्टे अर्डर लिएर पुनः काम सुरु गरेपछि मन्त्रालय र राखेपबीचको दुरी बढेको हो । त्यसैको परिणामस्वरुप राखेप र मन्त्रालयले एसियाली तयारीलाई अलग अलग समिति बनाएर काम गर्दै आएका छन् ।
मन्त्री पौडेलले पनि विधि र प्रक्रियामा केही समस्या रहेको स्वीकार्दै त्यसलाई मिलाउँदै जानुपर्ने बताए । 'कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा बाधा पुग्नु हुँदैन । खेलाडीको सहभागिता हुनुपर्छ । सक्दा जितेर आउनुपर्छ । नसके सिकेर आउने हो,' उनले भने, 'हामी राजनीतिक मान्छे भएकाले काम गर्दै जाँदा कमजोरी भएका हुन सक्छन् । विधि र प्रक्रियाअनुसार सच्याउँदै अघि बढ्नुपर्छ।'
सर्वोच्चको निर्णय मान्न सधैं तयार रहेको प्रस्ट पार्दै मन्त्री पौडेलले सदस्यसचिव लामाको पुनर्बहालीको प्रक्रियामा असन्तोष व्यक्त गरे । 'सर्वोच्चको निर्णय स्वीकार्न हामीलाई केही अप्ठेरो छैन । हामी निर्णयको सम्मान गर्छौं,' उनले लामाप्रति गुनासो तेस्र्याए, 'सदस्यसचिवको भूमिका चित्तबुझ्दो भएन । सर्वोच्चले मन्त्रालयलाई आदेश दिएको थियो । सदस्यसचिवले मन्त्रालय आएर भनेको भए हामी बहाली प्रक्रिया मिलाइदिन्थ्यौं । तर उहाँ शक्ति प्रदर्शन गर्दै बहाली गर्न जानुभयो।'

Comments
Post a Comment