खेलकुदको २३ करोड फ्रिज
पुँजीगत खर्च नहुनुलाई विकास नभएको अर्थमा लिइन्छ । आर्थिक वर्ष २०७०/७१ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाएको ५६ करोड ८२ लाख २६ हजार रुपैयाँ पुँजीगत बजेटमध्ये करिब ४० प्रतिशत रकम खर्च गर्न नसक्दा 'फ्रिज' भएको छ ।
अघिल्लो आर्थिक वर्षभन्दा झन्डै दोब्बर पुँजीगत बजेट राखेपले २०७०/७१ मा पाएको थियो । 'योजना राखेपछि मात्र लगानीबारे अनुमान गरियो,' राखेपका आर्थिक शाखा प्रमुख वासुदेव आचार्यले भने, 'वैशाख-जेठमा मात्र धेरै योजनाको ठेक्का भयो । त्यसैले योजनाको पूर्ण कार्यान्वयन नहुँदा कार्यक्रमका ३१ लाखसहित कुल २३ करोड १ लाख रुपैयाँ फ्रिज भएको छ ।' उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ करोड फ्रिज भएको थियो ।

सरकारले आइतबार ल्याइएको २०७१/७२ को बजेटमा राखेपलाई करिब ६० करोड पुँजीगतसहित १ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ । अघिल्लो वर्षको बजेट १ अर्ब २ करोड थियो । मूलपानी क्रिकेट रंगशाला, सातदोबाटोमा तेक्वान्दो र कराँते एकेडेमी निर्माण र दशरथ रंगशालामा छाना बनाउने योजना यसपल्टको बजेटमा पनि परेका छन् । आर्थिक प्रमुख आचार्यका अनुसार मूलपानीमा प्यारापिट निर्माणको २ करोड ५० लाख, सातदोबाटोमा ३ करोड ४५ लाख र रंगशालामा छाना बनाउनेको करिब ३ करोड ८० लाख फ्रिज भएका छन् ।
तर, ३ करोड ७५ लाखको दशरथ रंगशालामा सिन्थेटिक ट्रयाक र १ करोड ९२ लाखको खुला प्यारापिटमा बस्ने मेच (कुर्सी) राख्ने योजनाले निरन्तरता पाएनन् ।
रंगशालामा सिन्थेटिक ट्रयाक बिछ्याउने कामको ठेक्का सम्झौता मात्र भएको छ । सिन्थेटिक ट्रयाक, छाना र कुर्सी गरी करिब ९ करोडको बजेटमध्ये ५ करोड फ्रिज भएको उल्लेख गर्दै आचार्यले भने, 'निरन्तरता नपाएको बजेटलाई कार्यक्रम संशोधन गरेर मात्र निकाल्न मिल्छ, जुन पुस-माघअघि थाहा हुन्न ।'
Comments
Post a Comment