पौडीको ४ सय मिटर फ्रिस्टाईल रिलेमा अष्ट्रेलियाको कीर्तिमान

अष्ट्रेलियाले पौडीको ४ सय मिटर फ्रिस्टाईल रिलेमा नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्रमण्डल खेलमा अष्ट्रेलियन खेलाडीले ३ मिनेट ३ दशमलव ४४ सेकेण्डको नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक जितेका छन् ।
यस्तै महिलाको पारा स्विमिङ्गतर्फ १ सय मिटर फ्रिस्टाईलमा अष्ट्रेलियाकी म्याडिसन ईलिओट्ले नयाँ विश्व रेकर्ड कायम गरेकी छन् । उनले १ मिनेट ५ दशमलव ३२ सेकेन्डको नयाँ किर्तिमान बनाएकी हुन् ।
योसँगै राष्ट्रमण्डल खेलको पदक तालिकामा (शनिबार बिहानसम्म) दोश्रो स्थानमा रहेको अष्ट्रेलियाले ११ स्वर्ण, ९ रजत र १२ काँस्य सहित आफ्नो पदक संख्या ३२ पुर्‍याएको छ ।
राष्ट्रमण्डल खेलको दोश्रो दिन जुडोमा तीन स्वर्ण पदक हात पारेसंगै शीर्ष स्थानमा रहेको ईंग्ल्याण्डले स्वर्ण १२, रजत ११ र काँस्य ९ सहित ३२ पदक जितेको छ ।  ७ स्वर्ण, ३ रजत र ५ काँस्य सहित स्कटल्याण्ड तेश्रो, ४ स्वर्ण, १ रजत र ४ काँस्य सहित क्यानडा चौथो र ३ स्वर्ण, ४ रजत र ३ काँस्य सहित भारत पाँचौं स्थानमा रहेको छ । भारतका लागि १० मिटर एयर राईफल तर्फ अभिनव विन्द्राले स्वर्ण र मलाईका गोयलले रजत पदक हात पारेका छन् ।

Comments

Popular Posts