भलिवल प्रतियोगीताको उपाधी अमनपुरी युवा क्लवलाई
अर्जुन काफ्ले , मलेसिया -
मलेसियाको केपुङ्गमा आयोजित भलिवल प्रतियोगीताको उपाधी अमनपुरी युवा क्लव अमनपुरीले जितेको छ । उपाधी संगै विजेताले आरएम ३ हजार १ सय (९३ हजार नेपाली रुपैया) नगद पुरस्कार समेत जितेको छ । मेची-महाकाली युवा समुहले आयोजना गरेको सो भलिवल प्रतियोगीतामा दोस्रो र तेस्रो पुरस्कार भने संसारकोट युवा समुह सुगाइवुलो र सुवाङ्गमासिङ्ग युवा क्लव सुवाङ्ग भए । उपविजेता संसारकोटले सह विजेता संगै १ हजार ७ सय आरएम (५१ हजार नेपाली रुपैया) र तेस्रो भएको सुवाङ्गमासिङ्गले १ हजार १ सय आरएम (३३ हजार नेपाली रुपैया) नगद हात पारे भने उत्कृष्ट खेलाडीको उपाधी संसारकोटका विमल थापाले हात पारे । फाइनल खेल पछिको समापन खेलमा विजेता उपविजेता र तेस्रो हुने टिमलाइ प्रमुख अतिथी पत्रकार अर्जुन काफ्लेले पुरस्कारका साथ मेडल प्रदान गरेका थिए । ३ दिन सम्म सञ्चालन भएको सो प्रतियोगीतामा मलेसियाका विभिन्न क्षेत्रका १४ टिम सहभागी थिए ।

Comments
Post a Comment