मेसीले साथीसँग जितको खुसी मनाउन पाएनन्

नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेपनि अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीले टिमसँगै खुसीयाली मनाउन पाएनन् । खेल लगत्तै डोपिङ टेष्टका लागि रगत र पिशाबको नमुना संकलनका लागि बोलाइएपछि उनी स्टेडियम भित्रै रहेको एन्टी डोपिङ कन्ट्रोल रुममा पुगेका थिए । 
खेलाडीले शक्तिवर्धक औषधि प्रयोग गरेको छ छैन भन्ने थाहा पाउन डोपिङ टेष्ट गरिन्छ ।  
उनले एन्टी डोपिङ कन्ट्रोल रुममै बसेको फोटो इन्स्ट्राग्राम पेजमा राखेका छन् । त्यो फोटोमा  मेसीले लेखेका छन ‘मलाई डोपिङ टेष्टका लागि बोलाइयो मैंले ड्रेसिङ रुममा साथीहरुसँग जितको खुसीयाली मनाउन पाइँन ।’ उनले अर्जेन्टिनी टिमको सदस्य बन्न पाएकोमा आफूलाई धेरै गर्व लागेको पनि बताएका छन् ।

Comments