इंल्याण्ड स्तब्ध

विश्वकप २०१४ को अहिलेसम्मकै सर्वाधिक तीव्र प्रतिस्पर्धाको खेलमा लुइस स्वरेजको दुई गोलमा उरुग्वेले शुक्रबार इङ्ल्यान्डलाई २-१ ले पराजित गरेको छ । चोटबाट मुक्त हुन संघर्ष गरिरहेका लिभरपुलका फरवार्ड स्वरेजले ८५ औं मिनेटमा निर्णयक गोल गरे ।
उरुग्वे आफ्नो पहिलो खेलमा कोस्टारिकासँग पराजित रहेको थियो । इङ्ल्यान्डको कमजोर डिफेन्सको फाइदा उठाएर उनले विजयी गोल गरे । यस जितसँगै ग्रुप अफ डेथ मानिएको समूह 'डी'  बाट उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना जीवन्त रह्यो भने इङ्ल्यान्डको सम्भावना लगभग समाप्त भएको छ । समूहमा अब कोस्टारिका, इटाली र उरुग्वे समान तीन अंकमा छन् । इङ्ल्यान्ड भने दुई खेलमा दुई हारसँग अंक विहीन छ । इङ्ल्यान्डको अन्तिम खेल कोस्टारिकाविरुद्ध रहेको छ । एरेना पाओ पाओलोमा स्वारेजले ३९ औं मिनेटमा गोलको खाता खोलेका थिए । एडिसन कभानीको उत्कृष्ट पासमा हेडबाट स्वारेजले गोल गरेका हुन् । वायन रोनीले ७५ औं मिनेटमा बराबरी गोल फर्काएर आफ्नो टिमको सम्भावनालाई केही समयका कायम राखेका थिए । विश्वकपका तीन संस्करण खेलेयता म्यानचेस्टर युनाइटेड खेलाडीको यो पहिलो गोल हो । लिभरपुलका ग्लेन जोन्सनले मिलाएको उत्कृष्ट पासमा रोनीले गोल गरेका हुन् । गोलसँगै रोनीले राहत महसुस गरे र आकाशतर्फ हेरेर धन्यवाद दिएका थिए । विश्वकपमा राेनीकाे याे पहिलाे गाेलले आफ्नो टिमलाई विश्वकपबाट बाहिरिने सम्भावनाबाट बचाउन सकेनन् ।

Comments

Popular Posts