परिपक्व मेस्सी
सञ्जीव मिश्र
अर्जेन्टिना दुई खेलबाटै नकआउट चरण पुगिसकेकाले नाइजेरियासँग खेल्दा सुरक्षित खेल्यो। आउने खेलहरू अझै कठिन हुने भएकाले त्यो गर्नु उपयुक्त हुन्छ। खेलाडीलाई आराम दिने, इन्जुरीबाट जोगाउन दबाब कम भएको खेललाई अवसरमा लिनुपर्छ, जुन अर्जेन्टिना लियो।
अर्जेन्टिनाको खेल सुधारिएको थियो। यद्यपि टोली समस्यारहित भने छैन। ३ खेलमा ६ गोल गर्दा ३ गोल खायो। फरवार्ड र मिडफिल्डभन्दा अर्जेन्टिनाको रक्षापंक्ति कमजोर छ। आउने खेलहरूमा त्यसले अर्जेन्टिनालाई बढी दबाब पार्न सक्छ। अर्जेन्टिनाको मुख्य हतियार लियोनल मेसी हुन्। उनले लगातार गोल पनि गरिरहेका छन्। सबै खेलमा उनले गोल गरे। जबकि अघिल्लो विश्वकपमा गोल गर्न नसकेर उनी निकै आलोचित थिए। यसपल्ट उनको प्रदर्शनले टोलीका अन्य फरवार्ड छायाँमा परेका छन्।
गोन्जालो हिग्विनले २०१० को विश्वकपमा ४ गोल गरेका थिए। यसपटक खातासम्म खोलेका छैनन्। अन्य टोलीभन्दा अर्जेन्टिनासँग फरवार्डमा विकल्प बढी छ। हिगुइन,सर्जियो अगुइरो अघि खेल्दा मेसी केही पछि बसेर खेल्छन्। धेरै फरवार्ड भए पनि विपक्षीलाई म्यान टु म्यान गर्न कठिन भइरहेको छ। त्यो कारण यसपटक मेसीले अलि खुला भएर खेलेका छन्। उनको खेलमा निकै परिपक्वता पनि आएको छ। डेड बलका त उनी विशेषज्ञ नै हुन्भन्दा फरक पर्दैन। नाइजेरियाविरुद्ध उनको दोस्रो गोल स्तरीय गोलको एउटा नमूना नै हो। कमै खेलाडीले मात्र त्यस्तो गोल गर्न सक्छन्। क्लब स्तरमा बार्सिलोनाबाट खेल्दै थुप्रै कीर्तिमान मेसीले आफ्नो नाममा लेखाइसकेका छन्। तर राष्ट्रिय टोलीमा उनको प्रदर्शनप्रति सधैं आलोचना हुन्थ्यो। यसपटक उनले सबै आलोचकको मुख बन्द गरिदिएका छन्। कति स्तरीय खेलाडी भन्ने उनले यो समूह चरणका तीन खेलबाट आफूलाई प्रमाणित गरिसकेका छन्।
अर्जेन्टिनी टोली मेसी बिना कमजोर बन्न सक्छ। सबै खेल लगभग उनकै वरिपरि घुमेको छ। आउने कुनै खेलमा उनी चल्न सकेनन् भने अर्जेन्टिनालाई कठिन हुनसक्छ। एन्जल डी मारियाले राम्रो खेले उनलाई भाग्यले साथ दिएको छैन। सर्जियो अग्विरो र हिगुइन अपेक्षाअनुसार चल्न सकेका छैनन्। त्यसको असर अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न सक्छ। नाइजेरियाले अर्जेन्टिनाजस्तो ठूलो टोलीलाई बराबरीको टक्कर दियो। हार–जित जे भए पनि उनले आफ्नो छविभन्दा निकै उच्चस्तरको प्रदर्शन गरेका छन्। खेलमा तीनपल्ट पछि परे पनि टोली अर्जेन्टिनासँग पटक्कै दबेन। दुईपटक त खेल बराबरीमा ल्याउन सफल भयो। अर्जेन्टिनाविरुद्ध नाइजेरियाका अहमद मुसा निकै प्रभावकारी रहे। अफ्रिकन टोलीले फाइटिङ स्पिरिट देखायो। त्यसको फाइदा टोलीलाई नकआउटमा पुग्न सक्छ।
समूह 'एफ' को अर्को खेलमा बोस्निया हर्जगोभिनाले इरानलाई सजिलै हरायो। युरोपियन टोली कुनै पनि मूल्यमा एसियाली राष्ट्रलाई नतिजा सुम्पन चाहँदैनन्। युरोपको फुटबल स्तर एसियाभन्दा माथि छ भन्नका लागि पनि बोस्नियाले जित्ने लक्ष्यकसाथ खेल्यो र जित्यो पनि। अर्जेन्टिनासँग नेगेटिभ फुटबल खेलेको इरानले बोस्नियासँग खुलेर खेल्यो। त्यसको फाइदा टोलीले उठायो।
समूह 'इ' मा फ्रान्स लगभग छनोट भइसकेको थियो। त्यसैले टोलीमा दबाब कम थियो। इक्वेडरलाई जित्नैपर्ने बाध्यता थियो। कप्तान एन्टोनियो भ्यालेन्सियाको रातो कार्डले अन्तिम ४० मिनेट इक्वेडरले १० खेलाडीमा खेल्नुपर्यो्। त्यस कारण टोलीको जित असम्भवजस्तै बन्यो। त्यस बाबजुद पनि टोलीले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। तर टोलीको अघिल्लो चरण पक्का भएन। ६ मध्ये समूह चरणबाट बाहिरिने पहिलो दक्षिण अमेरिकी टोली बन्नुपर्यो्।
त्यही समूहमा होन्डुरसलाई ३–० ले हराएर स्विट्जरल्यान्ड अन्तिम १६ मा पुग्यो। दोस्रा खेलमा फ्रान्ससँग ५–२ को ठूलो हारपछि पनि टोलीले उत्कृष्ट कमब्याक गर्यो१। खराब नतिजा बिर्सेर नकआउट चरण लक्षित बनाएर उत्रेको स्विट्जरल्यान्डले आवश्कताअनुसारकै जित निकाल्यो र अघि बढ्यो। साविक विजेता स्पेन भने पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५–१ ले परातिज भएपछि कमब्याक गर्न असफल भएको थियो। होन्डुरसले छनोटका लागि ठूलो अन्तरमा जित्नुपर्ने हुन्थ्यो। तर, टोलीले यसपटक कुनै कमाल देखाउन सकेन। समूह चरणका सबै खेल हारेर बिदा भयो।
(मिश्र फुटबल विश्लेषक हुन्)

Comments
Post a Comment