स्पेन र नेदरल्याण्डस् अाज राती भिड्ने

विश्वकपमा आज राति पाैने १ बजे साविककाे विजेता स्पेनले उपविजेता नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने उक्त खेलभन्दा अगाडि पाैन १० बजे मेक्सिको र क्यामरुनवीच प्रतिस्पर्धा हुनेछ । 
स्पेनले उपाधि रक्षाका लागि नेदरल्याण्ड्ससंग खेल्दा चार बर्षको अघिको खेल धेरैले सम्झनेछन् । स्पेनले फाइनलमा नेदरल्याण्ड्सलाई हराएर उपाधि जितेको थियो । फुटवल विज्ञहरुका अनुसार, चार बर्ष अघि इतिहासकै खराव फाइनल खेलेका यी दुई टीमले त्यसलाई सुधार गर्ने मौका पाउनेछन् । स्पेन आक्रामक शैलीको फुटवल खेल्न मन पराउंछ भने नेदरल्याण्ड्स डिफेन्समा सशक्त मानिन्छ । 
पाैने ४ बजे भने दक्षिण अफ्रिकी मुलुक चिली र एएफसीबाट विश्वकपमा प्रतिनिधित्व गर्ने राष्ट अष्ट्रेलियाबीच घम्साघम्सी हुनेछ

Comments