एसियालीलाई विश्वकप अझै टाढा
-:प्रकाश तिमल्सिना:-
एसियाबाट बढीमा पाँच राष्ट्रले विश्वकप खेल्न पाउने भए पनि नकआउट चरणमा पुग्दा एसियाली टोलीको उपस्थिति शून्यमा झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार एसियाबाट चार टोली सोझै विश्वकपमा छानिन्छन् भने पाँचौं हुने टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउँछ। जोर्डन प्लेअफमा उरुग्वेसँग पराजित भएपछि ब्राजिल विश्वकपमा एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र इरानले मात्र उपस्थिति जनाएका थिए।
चारै एसियाली टोलीको उपस्थिति भने औपचारिकताभन्दा माथि जान सकेन। यी चारले समूह चरणमा कूल ३६ अंक ल्याउनसक्नेमा ३ अंकमै चित्त बुझाउनुपर्योस। तीन खेलमा अस्ट्रेलियाले बराबरी पनि गर्न सकेन। बाँकी तीन टोलीले एक–एक खेल बराबरीसम्म गर्न सके। सबैभन्दा निराशाजनक त गोलअन्तर रह्यो। यी चार राष्ट्रले १२ खेलमा ९ गोलमात्र गर्न सके। त्यसको बदलामा २५ गोल खाए।
विश्वकपमा एसियाली राष्ट्र पछारिएको यो पहिलोचोटि होइन। हालसम्म कुनै पनि एसियाली देशले विश्वकपमा चमत्कार देखाउन सकेको छैन। सन् २००२ मा घरेलु मैदानमा विश्वकप हुँदा दक्षिण कोरिया सेमिफाइनल पुग्नु अहिलेसम्मकै एसियाको ठूलो सफलता हो। त्यसबाहेक उत्तर कोरिया एकपटक क्वार्टरफाइनल तथा जापान र साउदी अरेबिया दोस्रो चरणसम्म पुगेका थिए।
एसियाले सन् १९३८ को दोस्रो विश्वकपदेखि सहभागिता जनाउँदै आएको छ। अहिलेसम्म ११ राष्ट्र विश्वकपमा भिडिसकेका छन्। खेलसंख्या ९९ छ। तर, परिणाम उत्साहजनक छैन। अहिलेसम्म जम्मा १६ जित हात परेको छ भने १८ बराबरी र बाँकी ६५ खेलमा हार खानुपरेको छ।
जनसंख्या र भूगोलका हिसाबले विश्वको दुईतिहाइ भाग एसियाले ओगट्छ। स्रोतसाधनका हिसाबले अफ्रिकाभन्दा माथि छ। तर, संसारकै लोकप्रिय खेलमा एसियाली राष्ट्रको दाबेदारी अफ्रिकाभन्दा कमजोर हुनुको कारण के?
सन् २००२ मा दक्षिण कोरियाली टोलीको कप्तानी गरेका वर्तमान प्रशिक्षक होङ म्योङ बो एसियालीको खेल्ने शैली फरक भए पनि विश्वस्तरमा धेरै कमजोरी रहेको स्वीकार्छन्। 'हामी त्यो स्तरमा पुगेकै छैनौं। हामीले पनि केही असाधारण खेलाडी उत्पादन गरेका छौं, तर एउटा टिमका रूपमा कुनै पनि एसियाली देशले आफूलाई प्रमाणित गर्न सकेको छैन,' उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले लेखेको छ।
फुटबल विश्लेषक सञ्जीव मिश्र एसियाका घरेलु लिग कमजोर भएकाले फुटबलमा खासै प्रगति गर्न नसकेको र त्यसैको असर विश्वकपमा देखिएको बताउँछन्।
व्यावसायिक फुटबलका लागि उर्वर भूमि मानिने युरोपमा घरेलु लिगहरू बलिया छन्। ब्राजिल, अर्जेन्टिनाजस्ता विश्व फुटबलका शक्ति राष्ट्रका चर्चित खेलाडी युरोपेली क्लबसँगै आबद्ध छन्। अफ्रिकाका धेरै खेलाडी पनि युरोपका क्लबबाट खेल्छन्, जसको फाइदा उनीहरूको राष्ट्रिय टोलीमा परेको मिश्रको बुझाइ छ।
'युरोप वा अमेरिकासँग हाम्रो फुटबल दाँज्ने बेला भएको छैन। साधनस्रोतका हिसाबले एसियाभन्दा अफ्रिका पछि छ। त्यसैले उनीहरूले विकल्प खोज्ने क्रममा युरोपलाई गन्तव्य बनाए। त्यसले दाम र नाम दुवै दियो,' उनले नागरिकसँग भने, 'त्यसको तुलनामा एसियाका थोरैमात्र खेलाडी युरोपको लिगमा पुग्छन्।'
एसियाली खेलाडीको अन्तर्राष्ट्रिय 'एक्सपोजर' कम हुनुलाई उनी राष्ट्रिय टोली कमजोर हुनुको एउटा कारण मान्छन्। फुटबलमा युरोपेली प्रभाव बढी रहेकाले त्यसबाट अलग रहेर तत्काल राम्रो नतिजाको अपेक्षा गर्न नसकिने मिश्रको तर्क छ।
उनको विचारमा, एसियाली फुटबल उठाउन दुईवटा बाटो देखिन्छ। पहिलो, एसियाली खेलाडीलाई बढीभन्दा युरोपमा खेल्न लायक बनाउने। दोस्रो, युरोपेली खेलाडीलाई एसियाली लिगमा खेलाउने। अहिले यी दुवै अभ्यास हुन सकेका छैनन्। युरोपियन खेलाडी ३५ वर्ष काटेर संन्यास लिने बेला मात्र अमेरिका या एसिया आउँछन्। 'यस्तो स्थितिमा एसियाली फुटबलको स्तर बढ्दैन,' उनले भने।
त्यस्तै, एसियाले आफ्नो घरेलु लिग युरोपको जस्तो उच्च प्रतिस्पर्धात्मक बनाउन नसके पनि अफ्रिकाको जस्तो एकेडेमी मोडल अपनाउन सके भविष्यमा सफल हुनसक्ने विज्ञ बताउँछन्।
अफ्रिकामा विभिन्न युरोपेली क्लब तथा फुटबल संघको समेत सहयोगमा थुप्रै एकेडेमी सञ्चालनमा छन्। युरोपेली क्लबहरूले भविष्यको टिम तयार पार्न तुलनात्मक रूपमा सस्तो अफ्रिकामा एकेडेमी सञ्चालन गर्दै आएका छन्। भारत, चीनजस्ता एसियाली मुलुकले युरोपका ठूला क्लबलाई त्यसैगरी आकर्षित गर्नुपर्ने मिश्र बताउँछन्।
यसको सम्भावना किन पनि छ भने, युरोपेली क्लबले बढी दर्शक भएका र फुटबल लोकप्रिय रहेका एसियाली मुलुकलाई लक्ष्य गरेर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम चलाइरहेकै छन्। 'फ्यान फलोइङ' बढाउन प्रि–सिजन भ्रमणलाई एसिया रोज्नुको कारण यही हो।
युरोपेली लिगमध्ये इङ्लिस प्रिमियर लिगको समय एसियाली दर्शकलाई उपयुक्त हुने भएकाले यो बढी लोकप्रिय छ। एसियाको ठूलो बजार लक्ष्य गर्न स्पेनिस ला लिगाले पनि खेल समय अगाडि सार्नुपर्ने आवाज उठ्न थालेका छन्। तर, यी सबै प्रयासको असर एसियाली फुटबलमा अझै पर्न सकेको छैन।
सन् १९९० पछि जापानको घरेलु जे लिग स्तरीय बन्दै गएपछि त्यहाँको फुटबल सुधारिएको हो। त्यसबाट अन्य मुलुकले सिक्नुपर्ने तर्क गर्दै मिश्र भन्छन्, 'जे लिगबाट जापानी राष्ट्रिय टोलीलाई फाइदा पुगेको छ। अरू देशले पनि घरेलु लिगलाई बलियो बनाउने उपाय सोच्नैपर्छ।'
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्का एसियाली खेलाडी आफ्नै महादेशमा रुमल्लिएकाले आशातीत सफलता पाउन नसकेको बताउँछन्। 'एसियालीहरू मुख्यतः शारीरिक र प्राविधिक रूपमा पछि छन्। दक्षिण कोरियाले घरेलु मैदानमा सेमिफाइनल पुग्नुबाहेक हामी लगभग सबै विश्वकपमा कमजोर रह्यौं,' उनले भने, 'पहिलाभन्दा अहिले युरोपमा खेल्ने एसियाली खेलाडी बढे पनि त्यसको प्रत्यक्ष प्रभाव अझै पर्न सकेको छैन। एसियालीले बढीभन्दा बढी माथिल्लो स्तरका खेलाडीसँग खेल्न आवश्यक छ। त्यसले मात्र राष्ट्रिय टोली बलियो हुन सक्छ।'
राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठ भने एसियाली टोलीलाई असफल मान्दैनन्। 'सुरुमा एसियालाई कसैले गन्दैनथे, अहिले एसियाली टोलीलाई पनि कठिन प्रतिद्वन्द्वी मानिन्छ,' उनले भने, 'तर आशा गरिएजस्तो खरो उत्रन नसकेको पक्कै हो।'
श्रेष्ठ पनि घरेलु लिग र खेलाडीले एक्सपोजर पाउन सके एसियाको फुटबल सुधार हुने आशा गर्छन्। 'युरोपेलीजस्तै एसियाली फुटबललाई पनि वर्षभर व्यस्त बनाउनुपर्छ। खेलाडीमा बढीभन्दा बढी प्रतिस्पर्धा हुनुपर्छ। त्यसबाट मात्र स्तरीय खेलाडी निस्कन सक्छ,' उनले भने।

Comments
Post a Comment