ब्राजिलले जितेपछि हृदयघातबाट मृत्यु
विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलमा ब्राजिलले चिलीलाई पेनाल्टी सुटआउटमा हराएपछि एक समर्थकको हृदयघातबाट मृत्यु भएको छ। निकै प्रतिस्पर्धात्मक उक्त खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका बेला ६९ वर्षीय ती समर्थकको मृत्यु भएको जनाइएको छ।
मधुमेहबाट पीडित ती व्यक्तिले खेल हेर्दाहेर्दै अचानक आफूलाई असजिलो अनुभव भएको बताएका थिए। त्यसको केही समयपछि नै उनको निधन भएको समाचारमा जनाइएको छ। ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। उक्त खेलका क्रममा तनाउका कारण एक सयजना जति समर्थक उपचारका लागि अस्पताल भर्ना भएको पनि ब्राजिलका अखबारले जनाएका छन्।
Comments
Post a Comment