विश्वकप उद्ध्घाटन कार्यक्रममा जेनिफरले गीत नगाउने
गायिका एवं नायिका जेनिफर लोपेजले ब्राजिल विश्वकपको उद्घाटन समारोहमा आफ्नो प्रस्तुति नदेखाउने भएकी छन् । फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफाले लोपेजले आगामी बिहीबार हुने उद्घाटनमा “कार्यक्रम उत्पादनका मुद्दा”मा कुरा नमिलेपछि प्रस्तुति नगर्ने जनाएको छ । लोपेजल उठकाएको मुद्दाका बारे भने फिफाले थप कुनै जानकारी गराएको छैन ।
उद्घाटन सत्रमा प्रस्तुत गर्नका लागि लोपेजले र्यापर पिटबल र ब्रजिलियन गायिका क्लाउडिया लेतेसँग मिलेर We Are One ब्रजिली भाषामा ओले ओला बोलको गीत रेकर्ड गराएका थिए । लोपेजको अनुपस्थितिमा पनि साओ पाउलोमा हुने उद्घाटन सत्रमा ६ सय बाद्यबाद्यकसहित सोही गीत प्रस्तुत गरिने फिफाले जनाएको छ । उद्घाटन कार्यक्रममा स्टेडियममा ६० हजार दर्शकको उपस्थिति रहनेछ भने टेलिभिजन मार्फत् १ खर्ब जनसंख्याले सो कार्यक्रम हेर्ने अनुमान गरिएको छ ।
Comments
Post a Comment