टेनिस सुन्दरी अजारेन्काले भनिन् - आइ लभ मेस्सी

बेलारुसकी टेनिस सुन्दरी भिक्टोरिया अजारेन्काले यो विश्वकपमा आफ्नो देशलाई समर्थन गर्न सक्दिनन् । किनिक उनको देश विश्वकपमा छनौट नै भएन । विश्वकप छनौटमा खेलेका ८ खेलमा एक मात्र खेल जितेको थियो उनको देशले ।
आफ्नो देशलाई समर्थन गर्न नपाएपछि उनी अर्जेन्टिनाको समर्थक बनेकी छिन् । र उनले अर्जेन्टिनाको समर्थन गर्नुको कारण हो अर्जेन्टिनी टिमका लियोनल मेस्सी ।
‘मैंले पछिल्ला ३ वटा विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्दै आएको छु’ दुई पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितिसकेकी अजारेन्काले भनिन् ‘मैंले २००० मा अर्जेन्टिनाको जर्सी पहिरिरहेको तस्बिर उनीहरुसँग हुन सक्छ ।’
लियोनल मेस्सी उनका सबैभन्दा प्रिय खेलाडी हुन् । ‘आइ लभ मेस्सी’ अजारेन्काले भनिन् ‘ऊ सानो छ, क्युट छ र रमाइलो छ ।’ ब्राजिलमा विश्वकप फुटबल चलिरहेको बेला लण्डनमा भइरहेको विम्बल्डन टेनिसको दोश्रो चरणमा पुगेकी उनले मेस्सी अहिलेसम्मकै महान फुटबल खेलाडी भएको आफूले सोचेको बताइन् ।

Comments

Popular Posts