जीतको उल्लास मनाइरहेकी महिलाको हत्या
कोलम्बियाले आइतबार विहान उरुग्वेलाई हराउँदै विश्वकपको अन्तिम आठमा प्रवेश गरेपछि खुसीयाली मनाउँने क्रममा बोगोटामा एक २५ वर्षे महिलाको हत्या भएको अधिकारीहरुले बताएका छन्।
खेल सकिएलगत्तै खुसी मनाउँने क्रममा एक समर्थकले हवाई फायर गर्दा गल्तीले गोली लागेर ती महिलाको मृत्यु भएको कोलम्बियाली खेल अधिकारीहरुले बताए। तर पुलिसले भने प्रारम्भिक अनुसन्धानका आधारमा बन्दुकधारीले ती महिलालाई नै लक्षित गरी गोली चलाएको हुनसक्ने बताएको छ।
'मोटरसाइकलमा आएका बन्दुकधारीले तीन व्यक्तिमाथि गोल चलाएका थिए,' बोगोटाका कार्यकारी मेयर रिकार्डो बोनिलाले पुलिसलाई उदृत गर्दै भने, 'तीमध्ये एकलाई मात्र गोली लाग्यो।'
खुसी मनाउने क्रममा आपसी झगडा हुँदा कोलम्बियामा पाँच जना घाइते भएका छन्। समूह चरणअन्तर्गत जुन १४ मा कोलम्बियाले ग्रीसलाई हराउँदा पनि देशभित्र खुसी मनाउन निस्केकाको सवारी दुर्घटना तथा आपसी झगडा हुँदा १४ जनाको ज्यान जानुका साथै १ सय ५० घाइते भएका थिए।

Comments
Post a Comment