काेलम्बियाकाे लगातार दाेस्राे जीत

विश्वकप २०१४ मा कोलम्बियाले लगातार दोस्रो जित निकालेको छ । उसले समूह 'सी' को खेलमा अफ्रिकी प्रतिद्वन्द्वी आइभरीकोस्टलाई स्टाडियो नासिनाल डे ब्रासिलामा २-१ ले हरायो । दक्षिण अमेरिकी टिम यस जितसँगै छ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।
कोलम्बियाले विश्वकप इतिहासमा लगातार दुई जित हात पारेको यो पहिलो पल्ट हो । पराजित अाइभरीकाेष्ट ३ अंक लिएर दोस्रो स्थानमा छ । कोलम्बियाले आफ्नो पहिलो खेलमा ग्रिसलाई पराजित गरेको थियो ।
आफ्नो अन्तिम लिग खेलमा उसले जापानको सामना गर्नेछ । गोलरहित पहिलो हाफपछि खेलले रोमाञ्चक रूप लिएको हो । कोलम्बियाले ६४ औं मिनेटमा जेम्स रोडरिगेको गोलले अग्रता लिन सफल रह्यो । जुवान कुड्राडोको कर्नरमा शक्तिशाली हेड गर्दै रोड्रिग्वेजले गोलको खाता खोले । कोलम्बियाको दोस्रो गोल ७० औं मिनेटमा सम्भव भयो, जति बेला आइभरीकोस्टको कमजोर क्लियरेन्समा सब्टिच्युट जुवान क्वान्टेरोले गोल गरे ।
लगतै ७३ औं मिनेटमा आइभरीकोस्टले एक गोल फर्कायो र यसपल्टको विश्वकपको अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत गोल रह्यो । गेरभिन्होले कोलम्बियाली डिफेन्डरलाई एकपछि अर्को गोल गर्दै छलाएर सुन्दर गोल गरे । आइभरीकोस्टले दोस्रो हाफमा अनुभवी डिडिएर ड्रोग्बालाई उतारे उनले जादुयी प्रदर्शन दोहराउन सकेनन् ।

Comments

Popular Posts