भरतको ह्याट्रिक, कमजोर प्रतिद्वन्द्वी विरुद्ध नेपालको फराकिलो जीत

नेपाल समूह डी को एएफसी च्यालेन्ज कप छनौट चरणको पहिलो खेलमा फराकिलो जीत आत्मसाथ गरेको छ। समूहमा रहेका अन्य टिम भन्दा कमजोर आँकिएको नर्दन मारियाना आइल्याण्ड विरुद्ध सम्पन्न खेलको सुरुवाती तेस्रो मिनेटमा नै भरत खवासले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विपक्षी सुरुदेखि नै दबाब सिर्जना गरेको नेपाली टोलीको तर्फबाट ३० औं मिनेटमा सन्तोष साहुखलले दोस्रो गोल गरेका थिए भने ४१ औँ मिनेटमा पुन भरत खवासले नै गोल गर्दै नेपाललाई मध्यान्तर अगाडि ३-० को अग्रता दिलाएका थिए।
दोस्रो  हाफको ६० औं मिनेटमा एनएमआइका खेलाडीले जगजीत श्रेष्ठविरुद्ध डी बक्स भित्र फल खेलेपछि प्राप्त पेनाल्टी मार्फत राजु तामांगले गोल गरेपछि नेपालले ४-० को विशाल अग्रता लिएको थियो। ६८ औं मिनेटमा सन्दीप राईले पाँचौ गोल गरेको खेलमा ७२ मिनेटमा छैटौं गोल गर्दै भारत खवासले ह्याट्रिक पूरा गरेका थिए। यो नेपालको दोस्रो ठुलो अन्तरको जीत हो। नेपालले भूटानलाई ७-० ले हराएको थियो।

पाकिस्तान विरुद्धको दुवै मैत्रीपूर्ण खेल गुमाएपछि कडा प्रशिक्षणमार्फत गोल गर्ने धेरै कला सिकाएको बताउदै आएको प्रमूख प्रशिक्षक ज्याक स्टेफनोस्कीको दाबीलाई पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी विरुद्ध  त सहि साबित गरेको छ नेपाली खेलाडीहरुले तर अब सोमबार हुने बंगलादेश विरुद्धको खेलको प्रतिक्षा गर्नु पर्ने छ। सोमबार  बंगलादेश जीतको लागि खेल्ने छ, बराबरी वा हारले उसको छनौट सम्भावना समाप्त हुने छ भने नेपाल पनि जित्नै पर्ने दबाबमा हुने छ किन भने त्यसपछि बलियो टोली प्यालेस्टाइन विरुद्ध भिड्नु पर्ने छ नेपालले । 

Comments

Popular Posts